

जुम्लाको गुठिचौर गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको नाम संशोधन गरी जग्गादाताको नाममा राखिएको छ। गुठिचौर गाँउपालिका वडा ३ गज्र्याङ्गकोस्थित ‘देउराली आधारभूत विद्यालय हरिचाँगा’को नाम संशोधन गरी जग्गादाता भिम वहादुर भण्डारि र पार्वति भण्डारिको नामबाट राखिएको हो। भण्डारि परिवारले ६० लाख रुपैयाँ मूल्य बराबरको २हजार ५सय क्षेत्रफलको जग्गा निशूल्क दिएर विद्यालयको नाम संशोधन गरिएको प्रधानाध्यापक भैरव वहादुर डागिले बताउनुभयो । संशोधित नाम अनुसार अव आधारभूत विद्यालयको नाम ‘देउराली भिम पार्वति आधारभूत विद्यालय गुठिचौर वडा ३ हरिचाँगा’ हुन पुगेको डागिले बताउनु भएको हो ।
शिक्षा ऐनमा व्यवस्था भए अनुसार आधारभूत विद्यालयलाई २० लाखभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार निशूल्क जग्गा दान गर्ने भण्डारिको नाममा विद्यालयको नाम संशोधन गरिएको व्यवस्थापन समितिले जनाएको छ। ऐनको व्यवस्था अनुसार विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गाउँपालिकाले गरेको हो। विद्यालयको निर्णय, तोकिएको प्राविधिक मापदण्ड र स्थलगत अवस्थाको सुक्ष्म अनुगमन गर्दै संशोधन गर्न उपयुक्त देखिएपछि गाउँकार्यपालिका बैठकले गरेको सिफारिस अनुसार नाम परिवर्तन गरिएको हो। विद्यालयको नाम परिवर्तन गर्न आवश्यक सबै प्रक्रिया पुरा गरेको पाएपछि कार्यपालिकाको बैठकले विद्यालयको नाम संशोधन गरी जग्गादाताको नाममा राख्ने निर्णय गरेको हो।
जग्गादाताका भिम वहादुर भण्डारिले सो विद्यालय स्थपनाका लागि २०७१ सालमा भण्डारिले २हजार ५सय क्षेत्रफल भएको जग्गा उपलब्ध गराएको बताउनुभयो । त्यसपछि पनि विद्यालयलाई पटकपटक भण्डारि परिवारले आर्थिक र भौतिक सहयोग गर्दै आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । जग्गादाता भण्डारिले भनुभयो, ‘गाउँमा बस्ने गरिव, विपन्न र अशिक्षित समुदायका बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न जग्गा दान गरिएको हो।’ उहाँले गज्र्याङ्गकोट र सानो गुठिचौरक्षेत्रका गरिव, विपन्न र पिछडिएको आदिबासी जनजाति तथा दलित, क्षेत्रि समुदायको बसोबास भएको ठाउँ हो। यो समुदायलाई शैक्षिक अधिकार दिलाएर अगाडि बढाउन सहयोग पुग्ने भएकाले जग्गा दान गरेको उहाँले बताउनुभयो । “विद्यालय तत्काल सारिएका बेला संरचना बनेको थिएन उहाँले भनुभयो, काठको टहरामा बालवालिका पठ्नपाठन गदै अहिले विद्यालय सुखमा पुगेको उहाँले वताउनु भएको छ । विस्तारै विद्यालयलाई ८ कक्षा सम्मा पढ्ने वातावरण वनाउने पहल गरिरहेको उहाँको भनाई छ । गरिवीका कारण त्यसक्षेत्र आसपाका बालबालिका वोडिङ्ग पढ्न चाहे पनि आर्थिक अभाव र भौगोलिक बिकटताका कारण् वाहिर गएर पढ्न सक्ने अवस्था छैन । सुगम ठाउँमा छोराछोरीलाई राखेर पढाउन सक्ने हैसियत नभएका अभिभावकहरुका लागि गाउँमै स्कुल हुनुपर्ने ठानेर त्यो वातावरण बनाउन आफ्नो परिवारले सबै जमिन दान गरेको उहाँको भनाई थियो। स्वर्गीय फुर्वा तेनजेन रोकायाको पहलमा २०५५ सालमा विद्यालय स्थापना भएको उहाँले बताउनुभयो ।
विव्यस अध्यक्ष भण्डारिका अनुसार स्व. रोकायालगायतको पहलमा तत्कालीन जिल्ला शिक्षा कार्यालय जुम्लाले २०५५ प्राथामिक तहको सुरुवाती कक्षा सञ्चालनको अनुमति दिएको पाएको हो। हाल कक्षा ५ सम्म पठनपाठन भईरहेको उक्त विद्यालयमा ६० जना बालबालिका अध्ययनरत रहेको भण्डारिले बताउनुभयो। विद्यालयमा स्थायी, राहत दरबन्दी गरी ३ जना शिक्षक कार्यरत छन्। नाम परिवर्तित विद्यालयको एक कार्यक्रमका बीच गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत शिवराज देवकोटा, शिक्षा शाखा प्रमुख सिंहमान रावत र विद्यालय व्यवस्थापन अध्यक्ष भण्डारिले संयुक्तः रुपमा उद्घाटन गर्नुभयो। उद्घाटनमा बोल्दै निमित प्रमुख प्रशासकिय अधिकृत देवकोटाले शिक्षाजस्तो पवित्र काममा भण्डारिले परिवारले गरेको योगदान प्रशंनीय भएको वताउनुभयो ।
गुठिचौर गाँउकार्यपालिका सदस्य वसन्ति वुढाले दलित, जनजाति समुदायको बस्ती रहेको हरिचाँगामा शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो। वुढाले विद्यालयको स्तरोन्नतिमा थप सहयोग गर्न गाउँपालिका पछि नपर्ने बताउनु भएको थियो । यहाँको स–साना वालवालिकाका लागी जग्गा दानले सहयोग पुगेको वताउदै भण्डारि प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
गाउँपालिका शिक्षा शाखा प्रमुख सिहमान रावतले गरिव जनताका छोराछोरी पढ्ने थलो भएकाले विद्यालयको दिगोपन र गुणस्तरीय शिक्षामा सहयोग गरिने बताउनु भएको छ । शिक्षा नियामावलिमा भए अनुसार व्यक्तिगत सम्पति दिएको खण्डमा २० लाख भन्दा वढि जग्गा दान गरेमा जग्गा दाताले चाहेमा नाम परिवर्तन गर्न सकिने हुदा सोहि अनुसार परिवर्तन गरिएको वताउनुभयो । प्रमुख रावतले त्यहाँका वालवालिकाको भविष्यलाई मध्य नजर ठुलो परिणामको जग्गा उपलब्ध गराएको प्रशंसा गदै, बालवालिकाको उज्वल भविष्यका जग्गा दान गर्ने परिवारलाई धन्यवाद ज्ञापन गनुभयो । उहाँले जीवनोपयोगी शिक्षा अहिलेको आवश्ता भएको बताउनु भएको थियो ।
जग्गादाताका छोरा हस्त वहादुर भण्डारिले पढ्नकै लागि २ घण्टा पैदल यात्रा गरेर सिमाचौर पुग्नुपर्ने बाध्यता टार्न जग्गा दान गरेको बताउनुभयो । विद्यालयलाई जग्गा दानसँगै त्यसको दिगोपनका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।