

२० साउन २०८१, आइतबार
कर्णाली प्रदेश सरकारका चार नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु राजीवबिक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र बिजया बुढा (हुम्ला)ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा उर्जा विकासमन्त्रीका रुपमा नेपालको संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुखसक्षम शपथ ग्रहण गर्नुभयो ।
नेकपा एमालेबाट डोल्पा निर्वाचित प्रदेशसभा सदस्य शेरबहादुर बुढाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विनोदकुमार शाह र एमाले दैलेखबाट निर्वाचित गमता विकले भौतिक राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।