OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १८, २०८१ सुर्खेत
२७५ पटक

१८ साउन २०८१, शुक्रबार

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आज सुर्खेत पुग्नुभएका जोशीले कर्णालीको चौथो प्रदेश प्रमुखका रुपमा पदभार ग्रहण गर्नुभएको हो । सरकारले यही साउन १४ गते कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई हटाएर सुदूरपश्चिम प्रदेश कञ्चपुर जिल्ला निवासी यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो ।

विसं.२००६ साल चैत २५ गते बझाङको भातेखोलामा जन्मनुभएका जोशी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कञ्चनपुरस्थित कटानमा बस्दै आउनुभएको छ । विसं.२०३२ सालमै उहाँको परिवार कञ्चनपुरमा बसाइँ सरेको थियो । ३० को दशकदेखि काँग्रेस राजनीतिमा सक्रिय हुँदै विसं.२०४८ सालको आठौँ महाधिवेशनबाट महासमिति सदस्य र ०६३ सालमा आएर कांग्रेसको कञ्चनपुर जिल्ला सभापति हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्