OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १५, २०८१
११३ पटक

१५ साउन २०८१ मंगलबार

जुम्लाको तिला गाउँपालिकाले स्याउँ बगैंचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ संकलन तथा निकासी गर्न आग्रह गरेको छ ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकको निर्णयले वडा नं.१–९ सम्मका सबै स्याउ बगैंचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ । पालिकाले जुम्लादेखि सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौं हुँदै देशका विभिन्न जिल्लाका सहरहरुमा भदौ पहिलो साता अगावै निर्यात नगर्न दिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिनुभयो ।

अध्यक्ष रोकायले भन्नुभयो, “भदौ अघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रंग नभरिने, उपभोक्ताहरुले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली अर्गानिक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानहरुले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मिति भन्दा अगाडि स्याउ संकलन तथा निकासी गर्न रोक लगाइएको हो ।”

पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत जगबहादुर बस्नेतले पालिकाको निर्णय अनुसार भदौ ५ गते अघि स्याउ बगैंचा धनीहरुलाई स्याउ संकलन र व्यापारीहरुलाई निकासी नगर्न सार्वजनिक सूचना गरिएको बताउनुभयो । उहाँका अनुसार भदौ ५ गतेपछि पालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्