OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०८१सुर्खेत
५७ पटक

७ साउन २०८१, सोमबार

कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)का चार मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् ।

उनीहरुले आज मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा दिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री बीरबहादुर शाही, उद्योग, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत र जलस्रोत तथा उर्जा विकासमन्त्री रनसिंह परियारले मुख्यमन्त्रीसमक्ष सामुहिक राजीनामा दिनुभएको हो । परिवर्तित राष्ट्रिय राजनीति समीकरण फेरबदलका साथै प्रदेश सरकारका कामकारवाहीमा सहयोग पुर्याउन राजीनामा दिएको मन्त्री केसीले बताउनुयो ।

चारै जना मन्त्रीले यही वैशाख १८ गते नियुक्त हुनुभएको थियो । मन्त्रीहरुले राजीनामा दिएसँगै माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मन्त्रीहरुले आजै पत्रकार भेटघाट कार्यक्रम गरी दुई महिनासम्म आफूले गरेका कार्य प्रगति सार्वजनिक गरेका थिए । माओवादी मन्त्रीहरुले पदबाट राजीनामा दिएकै दिन आवास पनि छोडेका छन् ।

प्रतिकृया दिनुहोस्