

जुम्लाको गुठिचौर गााउपालिका वडा नं. १ मा रहेको खडगदेवि माध्यमिक विद्यालयलाई डोल्पा जिल्ला पुर्वधार कार्यालयका लेखा अधिकृत हस्त वहादुर वुढाले पोशाक सायोग गर्नु भएको छ । लेखा अधिकृत वुढाले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ । गरिब, जेहेन्दार तथा लगनशील विद्यार्थीहरु मध्येबाट १ सय जना छात्र छात्राहरुलाई सहयोग गर्नुभएको हो ।
कक्षा १ देखि दश कक्षा सम्माका एकसय जना विद्यार्थिलाई सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ऐडिले बताउनुभयो । जन्मदिनमा विद्यालयलाई सहयोग गर्न पहिलो व्यक्ति भएको वताउनु भएको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऐडिले सामाज सेवासँग आफुलाई जोडेर जन्मदिन मनाउनु निकै प्रशंसनिय कदम भएको भन्दै जन्मदिनको शुभकामना दिनुभएको हो ।
विद्यालयमा रहेका गरिव, विपन्न, अशक्त, टुहुरा तथा असहाय बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले पोसाक उपलब्ध गराएको वुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जन्मदिनको अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विद्यार्थीलाई पोसाक सहयोग गरेको उहाँले भनुभयो ।’ अनावश्यक खर्च गरेर जन्मदिन मनाउनु भन्दा गरिब, जेहेन्दार बिद्यार्थीलाई सहयोग गर्नु उचित ठानेको उहाँको भनाई छ ।
यसअघि पनि उहाँले आफ्नो व्यक्तिगत खर्चमा शंकर वहुउदेश्यिय माध्यमिक विद्यालय, देउरालि प्राथामिक विद्यालय, कुडि आधारभुत विद्यालय, जेष्ठ नागरिकलाई सम्मान, मन्दिरलगायतका संरचना निर्माण गराइसक्नु भएको छ । उहाँले हरेक वर्ष आफ्नो जन्मदिनमा विभिन्न सामाजिक काम गरेर मनाउने गरेको बताउनुभयो । सामान्य तरिकाले जन्मदिन मनाउदा पनि धेरै खर्च हुने भएकाले जन्मदिन मनाउदा लाग्ने खर्चबाट बिद्यार्थीलाई सहयोग गरेको उहाँले बताउनुभयो । यस्ता काम गर्न पाउँदा आफुलाई खुशि लाग्ने पनि उहाँले बताउनुभयो ।
आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार रहेको छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर मनाउने गरेका छन् । तर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहन एक समाजसेवीले गुठिचौर गाँउपालिका १ का विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग पुग्ने गरेर जन्मदिन मनाएका छन्।