OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाता,साउन ३, २०८१जुम्ला,
१३२ पटक

साउन ३ गते । गत जेठ ४ गते एक हजार बढि स्याउका विरुवा काटिएका स्थानमा फेरी आलु र सिमीका विरुवा उक्काईदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् ।
उनिहरुले स्यानिपातल काफलवारी सामुदायिक वनमा आवद्ध पदाधिकारी तथा सो पक्षका गाउँलेले आफुहरुलाई हेला गरेर फेरी पनि त्यसभित्र लगाएका काचा आलु र सिमि उक्काएका भन्दै पिडित पक्षले जिल्ला सदरमुकाम आई प्रशासनमा धर्ना दिएका छन् ।

जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु, सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल सहित जिल्ला वन कार्यलयका प्रमुख, जिल्ला स्थित संचारकर्मीहरुलाई आफ्नो बन्दोबस्तो गरेर न्याय दिलाउन अनुरोध गरेका छन् । उनिहरुले सामुदायिक वनको नाममा आफुहरु थोरै भएकाले हेपिदै आएका बताउदै जेठ ४ गते हजारौ स्याउ, ओखरका काटिएका र अहिले वालि नपाक्दै आलु र सिमि सहितका वालि उक्काईदिएका स्थानीय बलविर बुढाले बताउनुभयो । उहाँले बलियाले मात्रै राज्यमा बस्न पाउने हामी नपाउने हो भने भन्नुहोस नत्र, जिल्लाभर धेरैले सरकारी जग्गा हड्पेका छन् ।

अर्को वन कार्यालयले सुचनाको अधिकार प्रयोेग गरेर समेत सामुदायिक वनको जिपिएस नक्शा नदिएको गुनासो पोखेका छन् । उनिहरुले सो क्षेत्रको नक्शा सार्वजनिक गर्न अनुरोध गरेका छन् । पिडित ७१ बर्षिय सिरकली बुढाले राज्यले जनताको संरक्षण गर्न छोडेर मार्न खोज्ने होईनहोला त्यसैले व्यवस्थापन गर्न अनुरोध छ ।

जिल्ला प्रशासन कार्यालयमा महिला, वालवालिका, ज्येष्ठ सहित पुगेको करिब एक दर्जन व्यक्तिहरुलृे हातमा उक्काईएका आलु, सिमिका जरा देखाउदै न्याय दिलाउन अनुरोध गरेका छन् । सो बिषयमा जिल्ला प्रशासन कार्यालयमा करिब २ घण्टा बढि छलफल भएको थियो । जिल्ला प्रशासनमा भएको छलफलले साउन ४ गते दुवै पक्ष र सरोकारवाला निकायलाई छलफल गरिने निश्कर्षमा पुगेको छ । सो क्षेत्रमा निरन्तर भईरहेको घटनाको विषयमा भने जिल्ला मौन बसेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार सो क्षेत्रमा खास नक्शा के हो नापीको टोली पठाउने बताउनुभयो ।

जिल्ला वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढ्थापाले वन ऐनले जस्तो सुकै जग्गा कब्जा गरेको अवस्थामा अतिक्रमण गर्न सकिने बताउनुभयो तर पिडित स्थानीयले अतिक्रमणको शैलि नभएको बताउदै स्याउ ओखरका विरुवा काट्नेलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन् । यसका साथै अझ लगाएको वालि समेत काट्ने मानवीयता राम्रो नभएको बताउदै न्याय दिन अपिल गर्नुभयो ।

प्रतिकृया दिनुहोस्