OnlinePana

आज : २०८१ पौष २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३, २०८१सुर्खेत
१३२ पटक

२ साउन २०८१, बुधबार

उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

आर्थिक वर्ष ०७९÷०८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव.२०८०÷०८१ मा नयाँ दर्ता भएका सात सय ५६ गरी कुल नौ सय १६ मुद्दा मध्ये सात सय ५४ मुद्दा फछ्र्यौट भएको उच्च अदालत सुर्खेतका रजिष्ट्रार विश्वजंग सिंजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा अभिलेखित कुल मुद्दा मध्ये आव.२०८०÷०८१ मा ८२.३१ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् ।

उक्त अदालतले जिम्मेवारी सरेका एक सय ६० मुद्दा शतप्रतिशत, नयाँ दर्ता भएका सात सय ५६ मध्ये पाँच सय ९४ अर्थात् ७८.५७ प्रतिशत र कुल नौ सय १६ मध्ये सात सय ५४ अर्थात् ८२.३१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । रजिष्ट्रार सिंजापतिले आव.२०८०÷०८१ मा छ सय ५७ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको अदालतले सात सय ५४ अर्थात् ११४.७६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्