कोरपाटी संवाददाताकार्तिक ३, २०७५काठमाडौं

४८३ पटक

पाल्पा । बडादसैंको अघिल्लो दिन बेलुकी यहाँ एक किशोरी बलात्कृत भएकी छन् । जिल्लाको तिनाउ गाउँपालिका २ की १९ वर्षीया किशोरी बिहीबार राति बलात्कृत भएकी हुन् ।
उनलाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय २० वर्षीय किरण गाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कारको घटना भएको थाहा पाउनासाथ प्रहरी निरीक्षक अमृत भण्डारी र दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीको टोलीले गाहालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
पक्राउ परेका गाहाको थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढेको छ ।