OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २, २०८१जुम्ला,
७१ पटक

साउन २ गते । नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाले पनि सस्थागत रुपमा राँका बालेर साउने सक्रान्ति मनाएको छ ।
महासंघले पनि कर्णालीको खस सस्कृति अनुसार राँका वालेर लुतो, फोहर र नराम्रो चिज हट्ने विश्वासका साथ चल्दै आएको सस्कृति अनुसार राँका बालेर सक्रान्ति मनाएको हो ।
सो सस्कृति अनुसार आज कर्णालीका सवै गाउँ वस्ति झरोको राँकाले उज्यालिएका छन् । सोही अवसरमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा पहिलो पटक जुम्लामा राँका बालेर मर्नाइएको छ ।

महासंघले जिल्ला जिल्ला सदरमुकाम खलंगामा सरोकारवाला निकाय, राजनैतिकदल, पत्रकारहरुको सहभािगतामा आफनै छतमा भब्य रुपमा राँका बालेर सस्कृति जगेर्नाको सन्देस दिईएको छ । राँका वाल्ने कार्यक्रममा सरिक हुने अतिथिहरु यसमा पनि सरकारी सेवाका लागि आउनु भएका अतिथिहरुले कार्यक्रममा सहभागी भएकोमा ख दुशी व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले यो पर्व निकै राम्रो भएकाले सवैप्रकारका लुतोहरु अग्निले नष्ट गर्ने कामना व्यक्त गर्दै यस्ता प्रकारका कामहरु सधै हुन आवश्यक रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक क्षदीलाल कामतिले यो कर्णालीको मौलिक सस्कृति भएकाले खुशी व्यक्त गर्नुभयो । उहाँले यस प्रकारको दिनले सवै प्रकारको वेतिथि हटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै राँका बाल्ने काम भएको छ । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले साउने सक्रान्तिको शुभकामना दिदै साउने सक्रान्तिको लक्ष्य अनुसार लुतो पाउडो, रोग व्यादी सवै हट्ने विश्वास रहने बताउनुभयो । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले साउने सक्रान्ति अन्याय माथी बिजय प्राप्त भएको दिन भएकाले राँका वालिदै आएको छ ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति कार्मा बुढाले वास्तवमा साउने सक्रान्ति पर्व कर्णालीमा मनाईन्छ । जसरी अग्निले जलाउछ, त्यसैगरी विकृति र विसंगति जलाउने उद्देश्य यो कार्यक्रमको उद्देश्य रहेको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मनोज बुढाथोकी मगरले अभाव, गरिव र अद्दानतालाई जलाउने यो पर्व हो । यो सामुहिक तथा संस्थागत रुपमा पहिलो आयोजना गरेकाले पत्रकार महासंघ जुम्लालाई धन्यवाद दिनुभयो ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले सर्वप्रथम संस्थागत रुपमा राँका प्रचलन निकै राम्रो भएको बताउनुभयो । उहाँले साउने सक्रान्तिलाई उजागर गर्ने प्रयास गरेको धन्यवाद ज्ञापन गर्नुभयो । यसैगरी साउन १ गते राति झिसमिसेमा कर्णालीको बस्ति उज्यालिएको थियो । यस पटक पनि कर्णालीमा उत्साहपूर्वक मनाईएको छ ।

प्रतिकृया दिनुहोस्