OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०८१जुम्ला,
३२८ पटक

असार २७ गते । हिमा गाउँपालिका जुम्लाले लामो समय पछि आफ्नो प्रशासनिक भवन शिलान्यास गरेको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेसका पूर्वसभापति दिपबहादुर शाहीले एक कार्यक्रमका विचमा भवनको सिलान्यास गर्नुभएको छ । प्रशासनिक भवन सिलान्यास भएपछि अव हिमा गाउँपालिकाको स्थायी केन्द्र बाजागाँडामा पक्का भएको छ ।

लामो समय देखी जुगाँडमा रहेको सो केन्द्र हिमा गाउँपालिकाको विच सेन्टरमा नभएका कारण जग्गाको खोजी समेत भएको थियो । गाउँपालिकाले सो क्षेत्रमा करिब ३९ सय मिटर जग्गा गाउँपालिकाको नाममा दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिका ५ निवासी स्थानीय दानबहादुर शाहीले तिनहजार एक सय र दलविर शाहीले आठ सय बर्गमिटर जग्गा गाउँपालिकालाई निशुल्क प्रदान गर्नु भएकोछ ।

गाउँपालिका अध्यक्ष शाहीले १२ औ गाउँसभामा ऐतिहासिक निर्णय गरेर बाजागाडा स्थायी केन्द्र तोकिएपनि कार्यान्वयन हुने नहुने डर थियो । यस अभियानमा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाही सहित गाउँपालिका कार्यपालिका सहित सवैलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जग्गाकै लागि अदालत धाउदै अगाडि बढेर अगाडि बढेको हुदा सघर्ष लामो भएकोमा जोड दिनुभयो ।

अध्यक्ष शाहीले प्रशासनिक भवन निर्माणका लागि बनाएको कार्यविधि अनुसार भवन अगाडि बढाईएको उहाँले बताउनुभयो । उहाँले भवनको लगानी ६० प्रतिशत नेपाल सरकार र ४० प्रतिशत हिमा गाउापालिकाको लगानीमा प्रशासनिक भवन नर्माण हुनेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाका भवन अपांगतामैत्री, वालमैत्री वनाईने प्रतिवद्धता समेत जनाउनुभयो । भवन शिलान्यास भएपछि अव हिमा गाउँपालिकाले स्थायी संरचनाको बाटो खुल्ने भएको छ । रु १० करोड बरावरको लगानीमा सो भवन निर्माण हुने भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाहीले गाउँपालिकाको स्थायी संरचना निर्माण गर्नका लागि गाउँपालिकाले गरेको दुखको प्रशंसा गर्दै यो अभियानमा लाग्ने जग्गादाता देखी सवैलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्