OnlinePana

आज : २०८१ फागुन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २९, २०८१
४०० पटक

असार २८ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गत असार १६ गते २२ वुद्धे विभिन्न माग लिएर पेश गरिएको नेपाल तरुणदल र नेविसंघ जुम्लाका मागका बिषयमा पत्रकार भेटघाटमा सकारात्मक रहेको बताईएको छ ।

रजिष्ट्रार नृपेन्द्र महतले उहाँहरुका सकारात्मक तथा सुधार गर्नुपर्ने मागलाई सम्वोधन गरिने बताउनुभयो । रजिष्ट्रार महतले प्रतिष्ठानले तयार पारेको सो प्रतिवेदन पढेर सुनाउनुभयो । प्रतिष्ठानका उपकुलपति डां मंगल रावल समक्ष पेश गरेका २२ बुद्धे मागको बिषयमा रष्ट्रिार महतको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भई छलफल गरेर केही सुधार गरिने बिषयमा सुधार गरिने बताउनुभयो ।

पत्रकारले भने दुई पक्षको सम्झौता नभएको, राजनितिक दलको कार्यदलको काम के भएको थियो भन्ने जिज्ञासा गरेका छन् । आन्दोलनरत तरुणदल र नेविसंघको नेतृत्व प्रतिष्ठानका पदाधिकारी सँग दुई पक्षिय सम्झौता बिना मञ्चमा देखिदा जिज्ञासा गरिएको थियो । नेपाल तरुणदल जुम्लाका सभापति हेम बुढ्थापाले माग पुरा नभए सम्म आन्दोलन जारी रहेको बताउनुभयो । स्वतन्त्र विद्यार्थी यूनियन जुम्लाका सभापति महेश हमालले वेथितिको उठान गरिएको र यसमा पत्रकारले पनि साथ दिनुपर्ने प्रतिक्रिया दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा भएको समितिले के गरिरहेको छ खास जानकारी भएको छैन ।

तत्काल सूचना अधिकारी राख्न पत्रकारहरूको सुझाव :
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले गरेको पत्रकार भेटघाटमा पत्रकारहरूले सूचना अधिकारी व्यवस्थापन गर्न सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले छिटो भन्दा छिटो सूचना अधिकारी राखेर सुचना प्रभावकारी तथा एकीकृत गरिनुपर्ने बताउनु भयो । उहाँले प्रतिष्ठानले गरेका कामहरु आधिकारिक सूचना अधिकारीबाटै लिएमा राम्रो हुने र शुसाशन कायम हुने भएमा यसमा ध्यान दिन सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका पूर्वसभापति भिम कसिंगरले सूचना अधिकारी राखेर आफ्ना गतिविधि नागरिकलाई दिन सुझाव दिनुभयो । उहाँले विज्ञापनलाई काखा र पाखा नगरि समानुपातिक रुपमा स्थानीय संचार माध्यामलाई दिईनुपर्ने बताउनुभयो । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार डिवी बुढाले प्रतिष्ठानले सुचना अधिकारी नराख्दा मनपरी सुचना चुहिने डर भएकाले पद्धति बसाल्न सुझाव दिनुभयो ।

 

यस्तो छ, २२ वुद्धामा प्रतिष्ठानको लिखित प्रतिवद्धता :

प्रतिकृया दिनुहोस्