OnlinePana

आज : २०८१ पौष २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २८, २०८१जुम्ला,
१०१ पटक

असार २७ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाद्धारा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । प्रहरी कार्यालय जुम्लाले आफुले गरेका गतिविधिका बिषयमा नागरिक सुनुवाई गरिएको छ ।

प्रहरीले गरेका कामको बिषयमा नागरिकलाई जानकारी गर्ने उद्देश्यका साथ नागरिक सुनुवाई गरिएको बताएको छ । प्रहरी नायव उपरीक्षक क्षदिलाल कामतीले प्रहरीले गरेका काम नागरिक विच राख्न तथा नागरिक र प्रहरीको सम्वन्ध नजिक गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले प्रहरीले गरेको काम कस्तो छ ? के भईरहेको छ भन्ने बिषयमा वुझ्न आवश्यक रहेको छ ।

प्रहरी नायव उपरीक्षक कामतीले जुम्ला प्रहरीले गरेको कामको प्रगति प्रस्तुत गर्नु भएको छ । उहाँका अनुसार प्रहरीले यो आर्थिक बर्षमा जेठ महिना सम्म तिन हजार दुईसय ४९ वटा सवारी कारवाहीमा रु २२ लाख ३७ हजार पाँच सय राजश्व संकलन भएको छ । यसैगरी जिल्ला प्रहरीमा १२५ वटा मुद्दा दर्ता भएका मध्य, ७५ वटा मुद्दा फच्र्छौट, प्रहरीले यस बर्ष फरार पक्राउ प्रतिवादी ४४ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीमा महिला सेल तर्फ निवेदन दर्ता संख्या ८१ मध्य ५७ वटा निवेदन फच्र्यौट भएका छन् । यसैगरी १३८ हराएका मानिसहरु मध्य १०४ जना फेला परेका छन् । यसैगरी छानविनका लागि ६६२ निवेदन दर्ता भएकाले ५५८ उजुरी फच्छौट भएका छन् । यस बर्ष जिल्लामा प्राकृतिक प्रकोपमा ५ घर पूर्ण क्षेति भएका छन् ।

प्रहरी नायव उपरीक्षक कामतिले जिल्ला प्रहरी कार्यालयको भवन निर्माणाधिन भएको तर अगाडि कानूनी समस्या भएकाले अगाडि नबढेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले ४२४ वटा सचेतनाका कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । प्रहरीका अनुसार चालु आवमा लागु औषध दुव्र्यसनी बिषयका मुद्दा १५ वटा जवरजस्ति करणी १२ वटा रहेको जानकारी दिनुभयो । उहाँले जिल्लामा प्रहरीले गरेका विभिन्न कामको समेत जानकारी गरिएको छ ।

कार्यक्रममा प्रहरी पहिलो पटक गरेको नागरिक सुनुवाई कार्यक्रमको प्रशंसा गरिएको छ । युवा अगुवा सारदा पर्छाइले कार्यक्रम सकारात्मक भएको बताउदै उहाँले जिल्लामा लागु औषध बढेको जनगुनासो बढेकाले यस बिषयमा प्रथामिकता राख्न अनुरोध गर्नुभयो । पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले नागरिक सुनुवाई कार्यक्रम जनस्तरका सुझाव आउने तरिकाले गाउँ गाउँ गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रहरीले महिला तथा वालवालिकाको अधिकारको सवालमा थप प्रथामिकता दिन सुझाव दिनुभयो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारले लागु औषध रोक्ने अभियान थालेकोमा प्रहरीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नागरिक सुनुवाई कार्यक्रम स्थानीय तह स्तरमा गरिनुपर्नेमा जोड दिनुभयो ।

सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले प्रहरीले गरेको कार्यक्रमको शुभकामना दिदै शान्ति सुरक्षाको सवालमा थप जनमैत्री हुनपर्ने बताउनुभयो । उहाँले यसका लागि स्थानीय सरकार तयार भएकोमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले प्रहरी प्रशासन मात्रैले शान्ति सुरक्षा पुर्ण रुपमा नहुने बताउदै नागरिकको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

क्याप्सन : जिल्ला प्रहरीमा नागरिक सुनुवाई कार्यक्रम तस्विर नेत्र ्शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्