OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २३, २०८१सुर्खेत
७३ पटक

२२ असार  २०८१, शनिबार

दैलेखका ६ किसानहरुले जिल्लास्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट तीन÷तीन गरी छ जना किसान पुरस्कृत भएका हुन् ।

कृषि विकास, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखद्वारा आज नारायण नगरपालिकमा आयोजित ‘पुरस्कार वितरण तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले उत्कृष्ट कृषकलाई नगद रकमसहित प्रमाणपत्र प्रदान गर्नुभयो । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट उत्कृष्ट हुने तीन किसानहरुमा नारायण नगरपालिका १ का दिपा शाही, भगवतीमाई गाउँपालिका २ का बिमल वि.क र ठाँटीकाँध गाउँपालिका–१ का कलमबहादुर शाही रहेका छन् ।

मन्त्री शाहले उनीहरुलाई क्रमशः रु.२०, ३० र ४० हजार नगद रकमसहित प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यस्तै, कृषि विकास कार्यालय दैलेखले पनि जिल्लास्तर मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारअन्तरगत तीन जना कृषकलाई पुरस्कृत गरेको छ । जसमा भगवतीमाई गाउँपालिकाका १ का ध्रुवकुमारी बिसी, नारायण नगरपालिका २ का रेशमबहादुर थापा र डुङ्गेश्वर गाउँपालिका ६ का देवेन्द्र गोदार रहेका छन् । उनीहरुलाई पनि क्रमशः २० हजार, ३० हजार र ४० हजार नगद रकमसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, कृषि विकास कार्यालय दैलेखका अन्य ५५ जना कृषकलाई पनि सम्मान गरेको छ । जिल्ला कृषि विकासले आर्थिक वर्ष २०८०÷०८१ मा कृषि विकास कार्यालयबाट सञ्चालित विभिन्न योजना निर्माणमा उत्कृष्ट काम गरेका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले थोरै जना किसनाहरुले चाहेको खण्डमा पनि कृषि उत्पादनम वृद्धि गर्न सकिने बताउनुभयो । “जनताको स्तरवृद्विका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको छ,” उहाँले भन्नुभयो, “किसानले धेरै उत्पादन गरेको खण्डमा तरकारी खरिद गर्ने व्यक्ति आफै किसानको बारीमा आउछन् ।” तरकारी बिक्रीवितरण गर्नका लागि बजार खोज्नुपर्ने अवस्था नरहेको भन्दै मन्त्री शाहले किसानले खेती गर्दा देखिएका समस्याको समाधानका लागि सरकार सकरात्मक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्