OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २३, २०८१काठमाडौं
९८ पटक

 २२ असार २०८१, शनिबार

कर्णाली प्रदेशका पत्रकारहरुलाई संसदीय रिपोर्टिङ्सम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज सुर्खेतको समन्वयमा दुई दिने क्षमता अभिवृद्धि प्रशिक्षण सञ्चालन गरिएको हो । उक्त प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै मन्त्रालयका सचिव रविलाल शर्माले उन्नत लोकतन्त्र, सभ्य एवं समृद्ध समाजका लागि वस्तुनिष्ठ पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।

“पत्रकारिता संवेदनशील क्षेत्रको हो,” उहाँले भन्नुभयो, “कानूनी प्रबन्धहरुदेखि हरेक कुरामा पत्रकार संवेदनशील हुनुपर्दछ । यसका लागि अध्ययन आवश्यक छ ।” प्रदेशसभा सञ्चालन नियमावली, कार्यविधि र ऐनका विषयमा सहि तरिकाले समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै सचिव शर्माले नागरिकका आवाज सरकारसँग र सरकारका गतिविधि नागरिकसम्म पुर्याउन पत्रकारको अहम् भूमिका रहेको जनाउनुभयो ।

उक्त कार्यक्रममा प्रशिक्षक रामकृष्ण भण्डारीले संसदीय पत्रकारितको ईतिहास र विकासक्रमका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभयो । उहाँले प्रेस जगत्को चौथो अंगको अवधारणा र संसदमा पत्रकारको भूमिका कस्तो हुने भन्ने बारेमा पनि प्रष्ट्याउनुभयो । नेपालमा संसदीय पत्रकारिता सुरुआत र त्यसले आजका दिनसम्म आईपुग्दा खेलेको भूमिकाका विषयमा पनि प्रशिक्षक भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशसभा सचिवालयका कानून उपसचिव अर्जुन भुसालले प्रदेश तहको कानून निर्माणको प्रक्रिया, प्रत्यायोजित अधिकार, विधेयकको प्रकार, संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसमन्वय) )ऐन, २०७७ र विधेयक तर्जुमका लागि १३बुँदे अवधारणापत्रका बारेमा जानकारी गराउनुभयो । त्यसको साथै उहाँले सरकारी तथा गैर सरकारी विधेयक, त्यसका प्रकृति, स्वरुप र विशेषताका बारेमा समेत अवगत गराउनुभएको थियो । उक्त प्रशिक्षणमा कर्णालीका करिब ४१ जना पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्