OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २२, २०८१जुम्ला
१५० पटक

 २१ असार २०८१, शुक्रबार

अत्याधुनिक हतियारसहित यार्सा लुट्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । मुगु र जुम्ला प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बीरबहादुर वलीले जानकारी दिनुभयो ।

जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चुनेकाँध नजिकको पाटनबाट आज उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता वलीले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ पर्नेमा जुम्ला गुठिचाैर गाउँपालिका ३ निवासी गणेश भण्डारी,  पूर्णप्रसाद भण्डारी, गुठिचाैर ४ का कमल थापा, पातारासी ३ तल्फिका दशरथ वाेहरा, तुला कामी र विष्णु  वाेहरा रहेका छन् ।

गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका– १ डोल्पु गाउँका स्थानीयहरु यार्सागुम्बा संकलन गर्न गएको मौका छोपेर हतियारधारी समुहले स्थानीयको घरमा लुटपाट गरेको उहाँले बताउनुभयो । प्रवक्ता वलीका अनुसार घटना लगत्तै जुम्ला, मुगु र डोल्पाका नाकाहरुमा प्रहरीको संयुक्त टोली खटाइएको थियो ।

लुटपाटमा संलग्न हुनेहरुबाट प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट आर्मीको ड्रेस, र ट्रेकिङ झोलासहित रहेको जनाइएको छ । जुम्ला प्रहरीकाे याे घटनाका लागि विशेष सक्रियता सहित अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्