OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २२, २०८१जुम्ला,
१७४ पटक

जुम्ला, असार २१ गते । स्वास्थ्य सेवा कार्यालय जुम्लाले विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार नेपालको संविधान, २०७२ अनुसार आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने राज्यको दायित्व रहेको बताउदै कार्यालयले गरेका कामको सम्पादनको वारेमा पत्रकार मार्फत जानकारी गरिएको छ ।

कार्यालयले पत्रकारलाई मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार सम्बन्धी अन्य अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धिहरू, नेपाल सरकार बाट संयुक्त राष्ट्रसङ्घका विभिन्न अभिसन्धिहरु को अनुमोदन, यातना विभेद, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अभिसन्धी लगायतका बिश्वव्यापी पत्रिकाका बारेमा जनस्वास्थ्य कार्यालयले जानकारी गराएको छ ।

कार्यालयका जनस्वास्थ्य सहायक सुरेश पन्तल गर्नुभएको प्रस्तुतिमा स्वास्थ्य सम्वन्धी ऐन तथा नियमावलीमा जानकारी गरिएको छ । प्रस्तुतिमा प्रतिस्थापन गर्ने बस्तु (विक्री वितरण नियन्त्रण) ऐन २०४९, नेपाल स्वास्थ्य सेवा ऐन २०५३ ,मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन २०५७, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६, सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ खोप ऐन २०७२, नियमावली २०७४, राष्ट्रिय स्वास्थ्य बीमा ऐन, २०७४, नियमावली २०७५,अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५लगायतका बिभिन्न अधिकार सम्बन्धी बनेका ऐन नियम रहेका छन् ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्णा सापकोटाका अनुसार गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको सर्वव्यापी पहुँचको सुनिश्चितता गर्नका लागी पत्रकारहरुको महत्वपुण हुने बताउदै यस बर्ष जिल्ला जनस्वास्थ्य कायालयले ३ वटा महत्वपूर्ण कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार टाईफाईड खोप अभियान, दादुरा रुवेला खोप अभियान, आईपिभि खोप अभियान संचालन गरिएकोमा जोड दिनुभयो । उहाँले दादुरा रुवेला खोपमा ११५ प्रतिशत उपलब्धी, आईभिपीमा १०३ प्रतिशत लक्ष्य प्राप्ति भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्वशाखाका कार्यक्रम संयोजक मोर्चा शाहीले प्रजनन स्वास्थ्य अधिकारले सुरक्षित मातृत्वसम्बन्धी हकका बारेमा प्रस्तुतिकरण गर्नुभयो । उहाँका अनुसार जनस्वास्थ्य सेवा कार्यलय मार्फत प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन शिक्षा, परिवार नियोजन÷गर्भनिरोधको साधनको जानकारी र पहुँच र प्रौढ महिलाका समस्या निर्मूल पार्ने लगायत विषयमा कार्यक्रम हुदै आएका छन । संयोजक शाहीले बिपन्न प्रकारका गर्भवति तथा सुत्केरी आमालाई आवासमै सुविधा प्राप्त गरिएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्