OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २२, २०८१जुम्ला
२८२ पटक

२१ असार २०८१, शुक्रबार

परिवारमा हुने जो कोहीको मृत्युले हरेक सदस्यलाई विक्षिप्त बनाएको हुन्छ । त्यसमा पनि आफूलाई जन्मदिने आमाको विछोडको पीडा अँझ बढी असह्य हुन्छ । मातृशोकको यही असह्य पीडामा हुनुहुन्छ, कनकासुन्दरी गाउँपालिका १ जुम्लामा कार्यरत लेखापाल शंकर आचार्य ।

आचार्यका ८१ वर्षीय आमा जयलक्ष्मी आचार्यको यही असार १६ गते उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको थियो । १७ गते दिवंगत आमाको दाहासंस्कारपछि १८ गते उहाँ आफ्नो कार्यक्षेत्र जुम्ला कनकासुन्दरी गाउँपालिकामा पुग्नुभयो । कार्यस्थलमै उहाँले किरिया संस्कार सुरु गर्नुभएको छ । आमा गुमाउँदाको शोकमा पनि उहाँले नागरिकहरुको सेवा प्रवाहको कार्यमा प्राथमिकता दिनुभएको छ ।

चालु आर्थिक वर्षको अन्तिम महिना र त्यसमा पनि भुक्तानी रोकिएर नागरिकहरुलाई असर पर्ने भएकोले शोकलाई शक्तिमा बदलेर लेखपाल आचार्य काममा जोडिनु भएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किरिया विदा पाउने सुविधा उहाँलाई छ तर हामीसँग लेखपालको विकल्प भएन । जनताका विकास निर्माणका काम गरेवापत्को भुक्तानी नरोकियोस् भनेर उहाँ पीडाको बीचमा पनि काममा खटिनुभएको छ ।”

हिमा गाउँपालिका १ जुम्ला आचार्य लिहीका स्थानीय निवासी आचार्यले आफूले किरिया विदा लिँदा पालिका र यहाँका नागरिकहरुलाई ठूलो समस्या पर्ने देखेर आमाको दाहासंस्कार गरेलगत्तै कर्णाली राजमार्गको कठिन यात्रा गरेर कार्य क्षेत्रमा पुगेको बताउनुभयो । “वार्षिक बजेट तथा कार्यक्रम अनुसार नागरिकहरुले विकास निर्माणका काम गरेका छन्,” उहाँले भन्नुभयो, “यतिबेला भुक्तानी नदिने हो भने उनीहरु मर्कामा पर्छन् ।”

आफ्नो पीडा भन्दा नागरिकको समस्यालाई ठूलो ठानेर यो खराब हालतका बाबजुद पनि काम गरिरहेको उहाँले बताउनुभयो । “लेखा शाखाको काम कसैबाट हल हुने देखिएन,” आचार्यले भन्नुभयो, “त्यसैले बाध्य भएर नागरिकका खुसीका निम्ति यो काम गरिरहेको छु ।” अब केही दिनमा खाता बन्द हुने र काम गरेका सेवाग्रहीहरुको भुक्तानी नपाउने अवस्था नआओस् भनेर किरियामा समेत काम नछोडेको उहाँको भनाई छ । लेखापाल आचार्यले मृत्यु संस्कारकै दृश्यमा भुक्तानीका फाईल साथमा राखेर डेस्कटप कम्प्युटरमा काम गरिरहनु भएको छ ।

प्रतिकृया दिनुहोस्