OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १९, २०८१सुर्खेत
८६ पटक

 १८ असार २०८१, मंगलबार

कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा बुधबार उद्यमशीलता प्रेरणा सम्मेलन हुने भएको छ ।

राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानको सयुंक्त आयोजनामा असार १९ गते सम्मेलन हुने भएको हो । युवाहरुमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको अभियानका संयोजक भूपेन्द्रबहादुर शाहीले मंगलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक समृद्धि अहिले राष्ट्रको मूल मुद्दा हो । आर्थिक समृद्धि विना देशको विकास र नागरिकको जीवनस्तरमा आमूल रुपान्तरण सम्भव छैन । देशकै प्रमुख चुनौति बनेको आर्थिक अवस्था र बेरोजगारी समस्या हल गर्नका लागि व्यापक आर्थिक लगानी र उद्यमशीलता प्रवद्र्धन जरुरी छ । पूँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास हाम्रो प्रमुख ध्येय हो ।”

उहाँका अनुसार अहिले स्टार्ट–अप नेपाल कार्यक्रमलगायत विभिन्न पहलहरू सुरु हुदै छ । जसले स्टार्ट–अपहरूलाई आर्थिक सहयोग प्रदान गरी उद्यमशीलता र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यी प्रयासहरूको बावजुद, अझै धेरै युवाहरूलाई उद्यमशीलता लिन प्रोत्साहित गर्न चुनौतीहरू छन् । वित्त, बजार जानकारी र व्यापार नेटवर्कमा पहुँच युवा उद्यमीहरूले सामना गर्ने केही प्रमुख अवरोध रहेका छन् ।

उद्यमशील सोच भएका युवाहरूका लागि रहेका यस्ता अवरोध हटाउन सहयोग गर्नेु सम्मेलनको उद्देश्य हो भन्दै संयोजक शाहीले नीति तथा बजार निर्माता र उद्यमीहरु एक ठाउँमा हुने यो सम्मेलनमा विभिन्न मन्त्रालयलगायत देशका नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुको सहभागिता बताउनुभयो । विभिन्न बैंक, बैंकर्सहरु, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, उद्यमशीलता इकोसिस्टम साझेदारहरुका साथै निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुने उहाँको भनाई छ ।

उद्यमी बन्न चाहने र आफै स्वरोजगार बन्न चाहने युवाहरूको सहभागिता हुने सम्मेलनमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशीलता इकोसिस्टम साझेदार र नीति निर्माताहरुसँग चरणवद्ध छलफल गरिनेछ । कार्यक्रममा उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सरोकारवालाहरु, प्रादेशिक प्रतिनिधित्व हुनेगरी युवा सहभागिता रहनेछ ।

दोस्रो चरणमा स्थानीय उद्यमी सिर्जनामा केन्द्रित भएर युवाहरुले सीप विकास कार्यक्रमहरूबाट लाभ लिन सक्ने क्षेत्रहरू पहिचान गर्न आवश्यकता मूल्याङ्कन गरिनेछ । कर्णाली सम्मेलनपछि सातै प्रदेश, जिल्लाहुँदै स्थानीय तहसम्म उद्यमशीलता सम्बन्धी कार्यक्रम गरिने आयोजक राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्