OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई जेठ ५, २०७७जुम्ला ।
६९४ पटक

जेठ ५ गते । जुम्लामा पत्रकार र स्वास्थ्यकर्मी सहित ३१३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । १८ पत्रकार, तातोपानी गाउँपालिका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी २५७ जना र कालिकाेटका २८ जना गरि ३१३ जनाको पिसिआर परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख बिबेक पुन मगरले बताउनुभयो ।

यसैगरी जुम्लामा यस अघि एक हजार पाँच ६४ जनाको कोरोना आरटी पिसिआर परीक्षण र २६३ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । परीक्षणमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासनको तथ्यांकमा छ । लकडाउन अवधिभर जुम्ला ११ हजार एकसय ७७ जना नागरिक भित्रिएका छन् । जिल्ला भित्रिएका नागरिक मध्ये २९ जना क्वारेन्टानमा बसेका छन् भने एक हजार दुई सय २४ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसले अहिले मुलुक त्रसित छ । भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि देश डेढ महिनादेखि लकडाउनमा छ । यसको नियन्त्रणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रपंतीमा खटिएका छन् । सुचना संकलनमा पनि पत्रकार पनि जोखिममा रहेका छन् ।
अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएकाे छ । देशभरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई कोरोना भाइरसको परीक्षण गर्न थालेपछि स्वाब संकलन तथा परीक्षण तिब्र पारिएको छ ।

प्रतिकृया दिनुहोस्