OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ५, २०७७सुर्खेत
४४० पटक

सुर्खेत, ५ जेठ २०७७ : कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबिस नगरपालिकाका एक युवामा कोरोना आशंका गरिएको छ ।
लकडाउनको ५६औं दिनमा कर्णालीमा पिसिआर परीक्षणमा एक युवामा कोरोना संक्रमणको आशंका गरिएको छ । भारतको आग्राबाट आएका आठबिस नगरपालिका वडा नं. १ सात्ताला दैलेखका एक युवाको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः पुष्टिको लागि नमूना नेपालगञ्ज पठाईएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक रिता भण्डारी (जोशीले) जानकारी दिनुभयो ।
निर्देशक भण्डारीले भन्नुभयो, “यहाँ पिसिआर जाँच गर्दा एक जना युवामा कोरोनाको संक्रमणको शंकास्पद रिपोर्ट देखिएको छ । हामी पुनः पुष्टिको उच्च जाँच गर्दैछौं । साँझ वा भोलि बिहानसम्म पुरै रिपोर्ट आईपुग्छ ।’ स्वास्थ्य निर्देशनालय सुर्खेतका कोरोना परीक्षण प्रयोगशालाका प्राविधिक प्रमुख ओम आचार्यले कोरोनाको पिसिआर परीक्षणको क्रमा दैलेखका एक युवामा बोर्डर लाइन देखिएकोले थप परीक्षणको लागि नेपालगञ्ज पठाइएको बताउनुभयो ।
कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको बनबासामा बसेर आएका र उनलाई आठबिस नगरपालिकाले उद्धार गरेर जेठ १ गते दैलेख ल्याइएको जनाईएको छ । अहिले युवा लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आइरहेका छन् । उनीसँगै ३८ जना युवाहरु जना रहेको उक्त विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनलाई उच्च निगरानीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्