OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ५, २०७७ सुर्खेत
६७० पटक

सुर्खेत, ५ जेठ २०७७ ः कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्रपरी यस प्रदेशमा प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी (जोशी)लगायत सुरक्षा निकायको प्रमुखहरुको टोलीले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई र छिन्चुमा अवलोकन गरेको थियो । दुवै ठाउँको अवलोकन पश्चात् स्क्रिनिङ सेन्टर स्थापनाका लागि छिन्चु चयन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो ।

“भारतलगायत विभिन्न स्थानमा अलपत्र परी कर्णाली प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने र अर्को व्यवस्था नहुञ्जेलसम्म जेखिम न्यूनिकरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ सेन्टर स्थापना गर्न थालिएको हो,” उहाँले भन्नुभयो, “यसो गर्न सकिएमात्र कर्णालीमा हुने कोरोनाको उच्च जोखिमबाट बच्न सकिन्छ ।” प्रदेश तथा प्रदेशवासी दुवैका लागि स्क्रिनिङ सेन्टर आवश्यक रहेको उहाँको भनाई थियो ।

सामाजिक विकासमन्त्री दल रावलले पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायतका विभिन्न ठाउँबाट नागरिक आउन क्रम बढेकोले प्रदेश सरकार उच्च सतर्कका साथ लागेको बताउनुभयो । मन्त्री रावलले भन्नुभयो, “विशेषगरी अहिले भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकहरुलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरुपमा अगाडि बढाउनेतर्फ केन्द्रित छौं । त्यसपछि मात्र उनीहरुलाई प्रदेश तथा स्थानीय सरकारको समन्वयमा व्यवस्थापन गर्छौं ।”

आन्तरिक मामिलामन्त्री भण्डारीले अब तत्कालै सेन्टर स्थापना गर्ने बताउनुभएको छ । यससँगै बाहिरबाट आउनेलाई आरडिटी, पिसिआर परीक्षण गर्ने र जतिसक्दो बढी संख्यामा क्वारेन्टाइन, आइसोलेसन, आइसियु, भेटिलेटरको तयारी र स्वास्थ्य जनशक्ति विस्तार तथा व्यवस्थापन लागेको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्