

नेत्र शाही / जुम्ला । वैशाख १३ गते । जुम्लामा वैशाख १३ गतेबाट सञ्चालन हुने महाेत्सवकाे तयारी पुरा भएकाे छ । राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानले जुम्लामा गर्न थालेकाे बृहत महाेत्सव तयारी भएकाे आयाेजकले जनाएकाे छ । आयाेजकले पत्रकार भेटघाट गरेर तयारी पुरा भएकाे जनाएकाे हाे । अध्यक्ष कर्ण बुढ्थापले महाेत्तसवकाे तयारी भएकाे जानकारी दिनुभयाे । सचिव विश्वराज खत्रीले महाेत्सव १३ गते आज विहान खस सस्कृतिकाे विहान ११ बजे र्याली सहित बजार परिक्रमा गर्ने र उद्घाटन १:०० बजे हुने पत्रकार भेटघाटमा जानकारी दिनुभयाे । आयाेजकका अनुसार एलिना चाैहान, सुप्रिम मल्ल, धुर्मुस सुन्तली सहितका चर्चित कलाकारकाे उपस्थिति हुनेछ । महाेत्सवमा टिकट मुल्य दर १५० र विद्यार्थीलाई रू १०० रहेकाे छ । यसका साथै अपाङ्गता भएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई निशुल्क टिकटकाे व्यवस्था छ । पत्रकार भेटघाटमा पत्रकार महासंघ जुम्ला अध्यक्ष नेत्रबहादुर शाहीले महाेत्सव प्रचारमा मिडियाकाे भुमिका महत्ववपुर्ण हुने भएकाले भरपुर सहयाेग हुने बताउनु भयाे । महाेत्सवमा देउडा, दाेहाेरी र नाच समेत हुनेछ ।