OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ ४, २०७७जुम्ला,
१०५३ पटक

जेठ ४ गते । भारतबाट जिल्लामा आएका २९ जनालाई क्वारेन्टाईनमा राखिएको छ । पछिल्लो अलपत्र प्रदेश सरकारले उद्धार गरेका २९ जनालाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको क्वारेन्टाईनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।
शनिवार मध्यरात १ बजे गाडीमा पुगेका उनीहरुलाई सुरक्षाको निगरानीमा कर्णाली प्राविधिक शिक्षालयमा पुर्याईएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुसार भारतबाट सरकारको निगरानीमा आएका मध्य २५ जना हिमागाउँपालिकाका, १ जना कनकासुन्दरी, १ जना तिलाको , १ जना हुम्ला र १ जना मुगुका गरी २९ जना रहेका छन् ।
यो भन्दा पहिले स्थानीयस्तरमा बनाईएका क्वारेन्टाईनमा सुरक्षा अभावका कारण मानिसहरु अटेर गरेर गाउँपस्ने गरेको पाईएको थियो ।
अहिले सम्म कसैलाईपनि कोरोना पोजेटिभ नदेखिएकोले अव कडा सर्तकता अपनाईएको छ ।
पछिल्लो समय एक हजार दुई सय ६३ जना नागरिकको पिसिआर जाँच गरेर नेगेटिभ आईसकेको जुम्लामा अब सबै बाहिरबाट आउनेलाई क्वारेन्टाईनमा राखेर जाँच गर्ने र सोही अनुसार रोकथाम उपचारको विधि अपनाउने लक्ष्य लिईएको छ ।
जिल्ला बाहिरबाट मानिसहरु आउने भएपछि आकस्मिक रुपमा स्थानीयतह, राजनैतिकदलहरु र सुरक्षा प्रमुखहरुको शनिबार बैठक बसेर कर्णाली प्राविधिक शिक्षालयलाई जिल्लाकै एकीकृत क्वारेन्टाईन तयार गर्ने निर्णय गरिएको थियो । सरकारले जारी गरेको क्वारेन्टाईन निर्देशिका २०७६ अनुसार तयार गरिने भएको छ । निर्देशिका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मेडिकल अधिकृत रहनेगरी क्वारेन्टाईन परिचालन समिति गठन तथा परिचालन गरिएको छ । क्यारेन्टाईनमा निर्देशिका अनुसार व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले थप्नुभयो । उहाँले खाना खाजा र व्यायमसहित सिकाउने योजना रहेको जानकारी दिनुभयो ।
यता भारतमा ४५ दिन अलपत्र परेर जिल्लामा आएका नागरिकले सरकारले उद्धार गरेर राहात गरेकोमा खुशी व्यक्त गरेका छन् । हिमा गाउँपालिका १ देवारगाउँ निवासी गगन शाहीले हामीलाई उद्धार गरेर आफूहरुलाई मातृ जिल्लामा ल्याएकोमा सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सरकारको नियम पालनागरी एक महिना भएपनि क्वारेन्टाईनमा बस्ने बताउनुभयो । क्वारेन्टाईनमा बस्न कसैका लागि नभई आफ्ना लागि भएको हिमा गाउँपालिका ३ ओदीका दिलबहादुर रोकायाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्