OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई जेठ ३, २०७७ जुम्ला
८४१ पटक

जुम्लामा वैकल्पिक उर्जा प्रर्वधन केन्द्रले दलित समुदायका लागि दिएको अनुदानको सोलारमा ढुवानी भन्दै भएको उठाईएको रकम फिर्ता हुन थालेको छ ।
चन्दननाथ नगरपालिकाको न्यायिक समितिले सो रकम फिर्ता गरेर नागरिकलाई बितरण शुरु गरेको हो । नगरपालिका न्यायिक समितिले चन्दननाथ नगरपालिका वडानं ९ का एक सय ७६ जनालाई रकम फिर्ता गरिएको वडाअध्यक्ष मिनबहादुर डाँगीले जानकारी दिनुभयो ।
ढुवानी भन्दै उठाईएको काईनेटिक ईनर्जी कम्पनी जुम्लाका मिनवहादुर मल्लले सो रकम फिर्ता गराएपछि नागरिकलाई बितरण गरिएको छ । प्रति व्यक्ति रु एकहजार तीन सय उनान्सत्तरी रुपैया फिर्ता गरिएको वडा नम्बर नौका वडाध्यक्ष डाँगीले जानकारी दिनुभयो । अहिले केही रकम असुल गर्न वाँकी रहेकाले वाँकी रुपैया दिन सकेका नसकिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका सहित जिल्लाका ४ वटा स्थानीय तहबाट दुईहजार दुईसय एक जनालाई बितरण गरिएको सोलार बापत प्रति व्यक्ति एक हजार पाँचसय रुपैया ढुवानी वापत उठाईएको थियो । अन्य स्थानीय तहमा फिर्ता भईसकेको र नगरपालिकामा शुरु गरिएको छ ।
चन्दननाथ नगरपालिका उपप्रमुख तथा न्यायीय समितिका संयोजक अप्सरादेखी न्यौपानेले ठगि गरिएको रकम वर्डा नं ९ बाट शुरु फिर्ता भएको र सवै वडामा फिर्ता गरिने जानकारी दिनुभयो । उहाँले हस्तान्तरण गरेर रकम दिईएको छ ।
हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्थाले अनुदानको सोलारमा रकम उठाएको भन्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी दिए अनुसार उपप्रमुख न्यौपाने सहित समितिले पटक पटक छलफल पछि सो रकम फिर्ता गर्न सफल भएको थप्नुभयो ।
साझा बहुउद्देश्यिय सहकारी सस्थाका अध्यक्ष मनसुर सुनारले गरिबहरुलाई ठगि गरिएको रकम पत्ता लगाएपछि पैरवि गरिएको र सोको कार्यान्वयन गरेकोमा न्यायिक समिति, संचारकर्मी सहित सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । नगरपालिका सहित चारवटा स्थानीय तहका दुईहजार दुई सय एक जनाबाट रु एक हजार पाँचसयका दरले ३३ लाख एक हजार पाँच सय रुपैया ढुँवानीको नाममा उठाईएको थियो ।

प्रतिकृया दिनुहोस्