OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ ३, २०७७जुम्ला,
८२२ पटक

जेठ ३ गते । जुम्लामा कोरोना रोकथामको उच्च सतर्कता अपनाईएको छ । भारतबाट मानिसहरु फर्किनेक्रम देखिएपछि अव उच्च सतर्कताका साथ क्वारेन्टाईन व्यवस्थापन गरिने भएको छ । अहिलेसम्म कोरोना शुन्य भएको कर्णालीलाई कसरी जोगाउने भन्ने बिषयमा कर्णाली सरकारलाईनै चुनौति भईरहेको छ । यस सवालमा जुम्लाले पनि अव उच्च सुरक्षाका साथ एकै स्थानमा क्वारेन्टाईन बनाउने र वाहिरबाट आएकालाई राखेर आवश्यक व्यवस्थापन र सुरक्षाका साथ बसाल्ने भएको छ ।

जिल्लामा बिपत व्यवस्थापन समिति र जिल्ला समन्वय समिति, राजनैतिक दलहरु सहितको बैठकले कर्णाली प्राविधिक शिक्षालयलाई एकिकृत क्वारेन्टाईन स्थान व्यवस्थापन गर्ने, कोभिडका बिरामी वा आशंकित कोही भएमा अस्पताल ल्याउन एम्बुलेन्स व्यवस्थापन भाडामा लिने र हरेक पालिकाले तत्कालका लागि रु ५० हजार सहयोग गर्ने र भारत सहित बाहिरबाट आएकालाई व्यवस्थापन गर्ने निर्णय भएको छ ।

शनिवार करिब अढाईसय व्यक्ति भारतबाट नेपालगंज सिमामा आएपछि स्थानीय प्रशासन, कर्णाली प्रदेश सरकारले प्रमुख जिल्ला अधिकारीको निगरानीमा जिल्लामा पठाउन शुरु गरिएको छ । यसैगरी भारतबाट आउने मध्यमा जुम्ला हिमा गाउँपालिका २८ जना र एक जना हुम्लाको व्यक्ति सुर्खेतबाट शनिवार जुम्ला हिडिसकेका छन् । उनिहरु आजै पुग्ने भएकाले कर्णाली प्राविधक शिक्षालयलाई व्यवस्थापन तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

हिमा गाउँपालिकाले गाउँपालिकाको आर्थिक सहयोगमा कर्णाली प्राविधिक शिक्षालयको अर्को ब्लगमा वेड व्यवस्थापन गरिएको गउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । यसैगरी उनीहरुलाई खाना र बस्न पनि गाउँपालिकाले व्यहोर्ने भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार बिगतमा गाउँका क्वारेन्टाईनमा मानिसहरु बस्न नमानेर लापरवाही गरेकाले अव सुरक्षा र सरोकारवालाको निरानीमा जिल्लाकै एकै स्थानमा क्वारेन्टाईन व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले एक जना डाक्टर सहित जिल्ला जनस्वास्थ्य कार्यालयले अन्य जनशक्ति स्वास्थ्य जाँचको लागि खटाउनेछ । यसैगरी जनस्वास्थ्य कार्यालयले मास्क सेनिटाईजर उपलब्ध गराउनेछ । यसका साथै केही समय अगाडि उच्च अदालत सुर्खेत जुम्ला ईजलासले अधिबक्ता पदमबहादुर शाहीको रिटमा सुनुवाई गर्दै स्थानीय तह र प्रदेश सरकारलाई बिपक्षी बनाएर क्वारेन्टाइन सहित अन्य व्यवस्थापन सुधार्न अन्तरिम आदेश गरेको थियो । स्थानीय तहहरु अदालतको आदेश पालना गर्न गुणस्तरीय क्वारेन्टाईन आवश्यक रहेको भन्दै जिल्लाको एकीकृत क्वारेन्टाईन व्यवस्थापनको निर्णयमा पुगेका छन् ।

सेना र प्रहरीको सुरक्षामा क्वारेन्टाईन

कर्णाली प्राविधक शिक्षालयमा व्यवस्थापन गरिएको क्वारेन्टाईनमा वाहिर बाट आएका मानिसहरुको सुरक्षा व्यवस्थापन गरिनेछ । सो क्षेत्रमा नेपाली सेनाले वाहिरी सुरक्षा गर्ने भएको छ भने प्रहरीले भित्री सुरक्षा गर्ने भएको छ । यसैगरी जुम्ला र कालिकोटको सिमामा बाहिरबाट आउनेलाई स्कटिङ गरेर क्वारेन्टाईन क्षेत्र शिक्षालयमा पुरयाईने भएको छ ।

यस भन्दा पहिला स्थानीय तहमा गरिएका क्वारेन्टाईनमा वाहिरबाट आउनेले बस्न नमानेर चुनौति भएको थियो । यस अघि सुरक्षित भईरहेको जिल्ला जोगाउन बाहिरबाट आउने सवैलाई सिधै सदरमुकामको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा राखेर पिसिआर जाँच गरिनेछ ।

प्रतिकृया दिनुहोस्