OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,चैत्र १०, २०८०जुम्ला,
२२३ पटक

चैत १० गते । नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजकमा नवराज न्यौपाने चयन हुनु भएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशको वैठकले यस पटक न्यौपानेलाई संयोजक तोकेको छ ।

नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला केसीका अनुसार जुम्लाको संयोजक नवराज न्यौपाने (विमुख) लाई गरिएको जानकारी दिनुभयो । उहाँले शुक्रबार सुर्खेतमा बसेको कर्णाली प्रदेशस्तरीय बैठकले न्यौपानेलाई संयोजकको जिम्मेवारी दिईएको छ ।

लामो समयपछि नेकपा माओवादी केन्द्र जुम्लाले संयोजक पाएपछि सामाजिक सञ्जालमा वधाई दिने क्रम बढेको छ । न्यौपाने स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा जुम्लाकोे तातोपानी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

संयोजक न्यौपानेले पार्टीले आफुलाई संयोजकको जिम्मेवारी दिएको बताउदै अव प्रभावकारी योजना बनाएर पार्टीलाई थप उचाईमा लिनुपर्ने जिम्मेवारी काधमा आएको प्रतिक्रिया दिनुभयो । उहाँले जिम्मेवारी दिएपछि पहिलो कार्यक्रम जिल्लामा यही चैत १२ गते जनप्रतिनिधि सँग र १४ गते पार्टीको प्रशिक्षण भेला आयोजना गरिएको जानकारी दिनुभयो ।

जिल्ला संयोजक तोकिए सँगै अब पार्टीको गतिविधिमा सहज हुने अपेक्षा गरिएको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । अव यस अघि पार्टी संयोजक विरबहादुर कुँवर हुनुहुन्थ्यो । उहाँ कर्णाली प्रदेश नेकपा माओवादी केन्द्र समितिको सहसचिव हुनुहुन्छ ।

संयोजक न्यौपानको राजनितिक यात्रा :

वुवा भक्ति प्रसाद न्यौपाने र आमा शुलोचना न्यौपानेका छोरा नमराज न्यौपाने वि.सं २०२९ साल असोज २६ गते जन्मिनु भएका नवराज न्यौपाने तातोपानी गाउँपालिका ३ लिताकोटमा स्थायीवासी हुनुहुन्छ ।
२०४६ साल जेष्ठ २ गते अनेरास्ववियू एकताको ११ औ साधारण सभावाट सदस्यता प्राप्त गरि राजनीतिक यात्राको थालनी गर्नु भएका न्यौपाने, २०५० सालबाट २०५१ साल सम्म नेकपा मसालको समर्थक, २०५१ सालबाट तत्कालिन नेकपा माओवादीको समर्थक रहि २०५४ साल कात्तिकमा वाइसिएलको गार्ड सेक्रेटरी सहित पार्टि सदस्यता प्राप्त लिनु भएको थियो ।
वि.सं २०५४ साल चैत्र २३ मा तत्कालिन नेकपा माओवादी प्रथम जिल्ला छापामार सदस्य, २०५५ साल मंसिरवाट नेकपा माओवादीको एरिया सेक्रटरी, २०५६ सालमा नेकपा माओवादी जिल्ला संगठन समिति सदस्यको रुपमा लिईएको जानकारी दिनुभयो ।
वि.सं २०५७ साल वैशाखमा तत्कालिन नेकपा माओबादी जुम्ला, कालिकोट र मुगु जिल्लाको १० नं एरिया इन्चार्ज, २०५८ माघ १० गते मुगु जिल्ला जनसरकार प्रमुख, वि.सं २०६० सालमा नेकपा माओवादी मुगु जिल्लाको सेक्रेटरी, २०६१ सालामा मुगु जिल्लाको जिल्ला सेक्रेटरी ईन्चार्ज सम्म, २०६३ साल वैशाखमा जनमुक्ति सेनाको १० नं. कमिसनार, २०६४ सालमा तत्कालिन नेकपा माओवादी जुम्ला जिल्ला सहईन्चार्ज, २०६९ सालमा तत्कालिन जुम्ला जिल्ला नेकपा माओवादी जिल्ला इन्चार्ज भएको न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वि.स.२०७० साल चैत्रमा तत्कालिन माओवादी जुम्ला जिल्ला सेक्रेटरी, २०७१ सालबाट तत्कालिन नेकपा माओवादी (क्रान्तिकारी) जुम्ला जिल्ला इन्चार्ज हुँदै पार्टिको केन्द्रीय सदस्य, २०७१ सालमा पार्टी एकता भएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज, तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकता एकिकरण हुनुपुर्व नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य हुनु भएको थियो । वि.सं २०७४ साल वैशाख ३१ गते भएको स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट जुम्ला जिल्लाको तातोपानी गाँउपालिकाको अध्यक्ष समेत हुनु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्