OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २०, २०८०सुर्खेत
६६ पटक

२० फागुन २०८०, आइतबार

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पहिलोपटक हुन लागेको महिला सम्मेलनको उद्घाटनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनुभएको छ ।

११४औं श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरको सिटी हलमा हुने महिला सम्मेलन उद्घाटनका लागि पूर्वराष्ट्रपति भण्डारी आज सुर्खेतमा आईपुग्नुभएको हो । सम्मेलनमा कर्णाली प्रदेशका ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख, महिला नेत्री, आमा समूह तथा वडा समितिका अगुवा महिलाहरु सहभागी हुने आयोजक वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राससलाई जानकारी दिनुभयो ।

नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरेका र हाल गरिरहेका महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान गरिने प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार सो सम्मेलनमा प्रदेश सरकार, प्रदेशसभा सदस्य, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई समेत सहभागिता गराइनेछ । उक्त सम्मेलनबाट घोषणापत्र जारी गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्