OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ २, २०७७जुम्ला,
१२९७ पटक

जेठ २ गते । जुम्ला देखी मनाङ हुदै काठमाण्डौ जाने छोटो सडकको सिल्यान्यास गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाकाबाट सो सडकको सिल्यान्यास गरिएकाे छ । उक्त सड्कको सिल्यान्यास गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गर्नुभएको गाउँपालिकाले जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारको यस बर्ष रु १० करोडको सहयोगमा गुठिचौर गाउँपालिका वडा ५ को बुलबुले वाट वडा नम्बर १ मौरे लेक सम्मको सिल्यान्यास काम शुरु भएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यो सडक जुम्ला डोल्पा हुदै मनाङ पुग्ने सडक हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले प्रदेश सरकारले छिटो बाटोका लागि शुरु गरेको सो योजनाको शुरू भएकाे बताउनुभयो ।

प्रतिकृया दिनुहोस्