OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ४, २०८०सुर्खेत
६९ पटक

४ फागुन २०८०, शुक्रबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा पाँच वर्षदेखि ‘कर्णाली उत्सव कुडा कर्नालीका’ सञ्चालन हुँदै आएको छ । ऋति फाउण्डेसनले हरेक वर्षको फागुनको पहिलो सातामा उत्सवको आयोजना गर्दछ ।

फाउण्डेसन भोलि फागुन ५–७ गतेसम्म सम्म उत्सव सञ्चालन गर्नेछ । उत्सव मूल आयोजक समितिका संयोजक कमल लम्सालले परम्परागत कचहरीको आधुनिक रुपका रुपमा वार्षिक मनाउँदै आएको ‘कर्णाली उत्सव कुडा कर्नालीका’ कर्णालीलाई चिन्ने र चिनाउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्सवका माध्यमबाट हामीले कर्णालीमा सार्वजनिक बहसको श्रृङ्खला थालनी गरेका छौं । यसले मूलतः कर्णालीलाई केलाउँछ ।”

संयोजक लम्सालले उत्सवले समृद्ध कर्णाली निर्माणका लागि नीति निर्माताहरुलाई सुझावका र सार्वजनिक पदाधिकारीहरुलाई उत्तरदायी बनाउने भूमिका खेलेको दावी गर्नुभयो । उत्सव आयोजक समितिका विषयवस्तु (सामग्री) संयोजक प्रकाश लामिछानेले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा पहिलो दिन प्रकोप र पुनःनिर्माण, दोस्रो दिन समाज, साहित्य तथा विकास र तेस्रो दिन लोकतन्त्र र सुशासनका सवालमा बहस हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो दिनको सेसनमा ईपिसेन्टर, संकट र सेवा, जोखिम र जुईन्या जुक्तिमा विषयमा बहस हुनेछ । दोस्रो दिनको सेसनमा धरोहर–मनोहर, लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गताः पहुँच र पौरख, हाम्मो काली–हाम्मै कर्नाली, अन्तरजातीय बिबाहः रहर र कहर तथा तेस्रो दिनको सेसनमा लोकतन्त्रः दलभित्र–देशभित्र, देश जान्या, समाज र संघर्ष, खस कुडा खास कुडाः सौराई जिन्नगीको, विकास अन्र्या र विकास खान्या विषयवस्तुमा बहस हुनेछ ।

त्यसैगरी, उत्सवमा जीवन प्रशिक्षक नरबहादुर कार्की, कर्णालीको जडिबुटी विशेषज्ञ राजेन्द्र विष्ट, अभियान्ता हिक्मत वादीलाई पैकेलो (नायक)को कथा सुन्ने र उनीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्