OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ २, २०७७जुम्ला,
५८४ पटक

जेठ २ गते । कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनले नेपाल र भारतको सिमा सिल भएको छ । पश्चिम नेपालको नेपालगंजमा कारोना देखिएकाले झन कडा छ । तर कोरोना भन्दा पनि कहाँ बस्ने र कसरी सुरक्षित हुने भन्ने बिषयमा ४५ दिनदेखि अलपत्र भएको पिडा नेपालगंज सिमामा अलपत्र परेका नागरिकहरुले सुनाएका छन् । भारतमा रोजगारीमा सिलसिलमा गएका नागरिक फिर्ता हुन नपाई भारतमा हेपिएर दिन गुजारेका छन् ।
एक महिना अघि नेपालगंजको सिमा रुपैडिहामा आएका थियौ । फेरी कहिले बहर्राइच त कहिले नानपारा भारतले लखेटेर दिन काट्यौ । त्यहाँ क्वारेन्टाईनमा बस्यौ अब भने भारतले नेपालको सिमामा पुरयाएको छ । अब भारत नफर्किनु भनेर प्रहरीले भनेको छ के गरौ । नेपालीहरुले पिडा सुनाएका छन् ।
अव कता जाउँ सरकारले नेपालमै व्यवस्थापन गरिदिएको भएहुन्थ्यो । जुम्ला हिमा गाउँपालिका १ निवासी गगनबहादुर शाहीले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, मध्यरात चार सय कर्णालीसहित नेपालका मानिसहरु सिमानाकामा आएका छौ । एक प्याकेट चाउचाउको भरमा हिजोदेखि बसेका छौ । भोक लागि सक्यो, खानाँ कता बास कता गर्ने होला ? सोही गाउँका मिनबहादुर शाहीले ३५ जना जुम्लाका र अन्य कर्णालीभरी तीन सय बढि मानिसहरु अहिले नेपालगंजको सिमामा अलपत्र रहेका बताउनुभयो ।
व्यवस्थापन तयारी गदै कर्णाली सरकार :
सिमानाकामा नेपालीहरु अत्याधिक आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कर्णाली प्रदेश सरकारले तयारी थालेको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीका सोकिय सचिव अनिल अधिकारीले तथ्यांक क्लिएर व्यवस्थापन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । यसैगरी भारतमा रेल चलेपछि तथा अत्याधिक नेपाली भित्रिने भएपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र सरोकारवालहरुको वैठक बसिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयले जानकारी गरेको छ । अहिलेसम्म कोरोनामुक्त कर्णाली अब सुरक्षित गर्ने एकातिर अलपत्र परेकालाई उचित व्यवस्थापन, जाँचसहित नागरिकको सुरक्षा गर्ने जिम्मेवारी कर्णालीलाई आएको छ भने अर्कोतिर व्यवस्थापन चुनौति थपिएको छ । यसमा कर्णाली प्रदेश सरकारले बेलैमा ध्यान पुर्याउन जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्