OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाहीजेठ २, २०७७जुम्ला
३९२ पटक

जेठ २ गते । लकडाउनको समयमा जुम्लाका अति बिपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ ।
सिबिएम नेपालको सहयोगमा आईएनएफ जुम्ला तथा अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजना अन्तरगत दृष्टिविहिन, ह्रीलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्त व्यक्तिहरूलाई २५ केजीको मनसुली चामल, तीन केजी दाल, २,२ लिटर तेल, २ पोका नून र आठ चक्की सानो डिटोल सावुन बितरण गरिएको अपाङ्ग पुनस्थापन तथा विकास केन्द्रले जनाएको छ । अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अनुसार पातारासीमा १३ जना, चन्दननाथमा १४ जना, तातोपानीमा ३ जना, सिञ्जामा एक जना र तिलाका १ जनालाई राहात दिईएको छ ।
सवलता परियोजना सुपरभाईजर गंगा देवानका अनुसार खाना अभाव भएका ति व्यक्तिहरुको तथ्यांक संकलन गरि स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो । अति आवश्यक व्यक्तिलाई राहात दिएपछि सानो भएपनि राहात गुणस्तरीय र राम्रो भएकोले पातारासी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कालिबहादुर बुढाले धन्यवाद व्यक्त गर्नुभयो ।
सवैभन्दा बिपन्न अपाङ्गता भएका छन् । उनिहरुको अवस्था लकडाउनमा मात्रै नभई जहिले पनि आर्थिक अभाव हुने हुन्छ तर यो वेला झन समस्या भएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले जानकारी दिएको छ । अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्यांक संकलन गरेर राहात र जिविकोपार्जनमा सहयोग पुरयाउनुपर्नेमा जोड दिनुभयो । राहात पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् । चन्दननाथ नगरपालिका ९ का पशुपति शाहीले खुशी व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्