OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई/सुमित्रा शाही जेठ १, २०७७ जुम्ला
११५४ पटक

जेठ १ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ । कोरपाटी अनलाईनले जुम्लाको चन्दननाथ नगरपालिकाले के के काम गरेको छ । सो बिषयमा हामीले जानकारी लिएका छौ ।
हामीले चन्दननाथ नगरपालिका प्रशासकीय अधिकृत पुरुषोतम देवकोटाका अनुसार नगरपालिकाले कर्णाली प्राविधिक शिक्षालयमा ३० बेडको क्वारेन्टाइन को स्थापना गरेको छ । समुदायमा जनचेतना अभियान शुरुवात गरेको छ । जुम्ला बिमानस्थल, बसपार्क र उमगाडमा हेल्थडेक्स स्थापना गरेर नौ सय ९० जनाको ज्वरो जाँच गरिएको जनाएको छ । यसैगरी कोरोना रोकथामका लागि स्थानीय तह समन्वय समिति र वडास्तरको समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा एक सय २५ जनाको पि.सि.आर. जाँच, यसैगरी २६ जनाको आर.डि.टि जाँच गरिएको नगरपालिकाले जानकारी गरेको छ । नगरपालिकाले कोरोना सम्बन्धि केही समस्या आएमा नगरवासिलाई सम्पर्ककाे लागि शुल्क नलाग्ने टेलिफोन नं. १६६०८७५२०७७७ सञ्चालनमा ल्याएको छ । नगरपालिकाले यहाँभित्र भित्र रहेका दुई हजार पाँचसय ३२ बिपन्न परिवारलाई राहत स्वरुप चामल ३० केजि, दाल, तेल र नुन वितरण गरिएको छ । कोरोनाको कारण जिल्लाका सम्पूर्ण शैक्षिक सस्था बन्द भई शिक्षा क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै घरमै बसेर शिक्षा आर्जन गर्ने उद्देश्यले शिक्षा भिडियो कार्यक्रम तयार गरिएको नगरपालिका शिक्षा प्रमुख खडानन्द चौलागाईले बताउनु भयो ।

यसका साथै नगरपालिकाले कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुलाई जुम्लाका तीन वटा एफ.एम बाट रेडियो शिक्षा कार्यक्रम संचालनमा ल्याएको शिक्षा प्रमुख चौलागाईले जानकारी गराउनुभयो । यसैगरी नगरपालिकाले रु पाँच लाख बराबरको स्वास्थ्य सामाग्री खरिद गरेर बितरण गरेको छ । यसैगरी नगरका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई हर्लिक्स बितरण गरिएको छ ।
कोरोना रोकथामका लागि नगरपालिकाले रु एक करोडको बिपत व्यवस्थापन कोष स्थापना गरेको जानकारी दिएको छ । नगरपालिकालाई प्रदेश सरकारले रु २० लाख सहयोग गरेको थियो । यसैगरी विभिन्न कार्यक्रमबाट रकमान्तर गरेर काम भईरहेको अधिकृत देवकाेटाले जानकनरि दिनुभयाे । कोषमा दुईलाख चौविस हजार सात सय ६१ रूपैया कर्मचारीको तलवबाट सहयोग भएको छ । यसैगरी कोरोना जनप्रतिनिधी र कर्मचारी आ आफ्नो कोरोना रोकथाम क्षेत्रमा खटिरहेका छन् । नगरपालिकाले कोरोना रोकथामका बिषयमा विभिन्न कामहरु तिब्र गतिमा गर्दै आएको उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मास्क सेनिटाईजर समेत बितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस्