OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ १, २०७७जुम्ला,
६४७ पटक

जेठ १ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संकटले नयाँ विश्व व्यवस्थाको माग गरिरहेको बताउनु भएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको अयोजनामा देशभरका शिक्षकहरुका लागि शुरु गरिएको सूचना तथा प्रविधि ( आसिटी) तालिमको भचूअल विधिबाट उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । अध्यक्ष प्रचण्डले संकटले नयाँ व्यवस्था गर्ने भएकाले समाजवादी व्यवस्थालाई बलियो बनाउनु अवको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले अहिलेको अवस्था हेर्दा अवको समाज नयाँ समाजवादी दिशातिर लाग्न आवश्यक रहेको छ । उहाँले थप्दै कोरोनाको प्रभाव र समस्या हेर्नेहो भने अवको समाज नयाँ दिशातिर जाने संकेत देखिएको छ । संकटले मानव जातिको भविश्य सुनिश्चत गर्नको लागि परिवर्तन गर्दैछ । यसले नयाँ विश्वको व्यवस्थाको माग भएको भन्दै नयाँ दार्शनिक, नयाँ राजनैतिक , नयाँ वैचारिक र सास्कृति दृष्टिकोण अगाडि आउने देखिएको थप्नुभयो ।
उहाँले सिंगै राष्ट्र कोरोना रोकथाममा लडिरहेको छ । अहिले हामी लकडाउनमा छौ । महामारीमा विश्व जुन परिस्थितमा छ । यस परिस्थतिमा एकिकृत अखिल नेपाल शिक्षक संगठनले जुन प्रकारको काम आईसिटि तालिम शुरु गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले परिवर्तन र संकटमा शिक्षकको भूमिका ठूलो हुने भएको भन्दै प्रशंसा गर्नुभयो । यसैगरी उहाँले शिक्षा क्षेत्रलाई पनि अव आधुनिक विकास तिर लिनुपर्ने अवस्था आएको भन्नुभयो ।
भर्चुअल तालिम उद्धाटनमा नेकपा स्थायी कमिटि सदस्य मणिथापाले विसम परिस्थितिमा शिक्षक संगठनले गरेको काम प्रशंसनीय भएको भन्दै पार्टी र व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले पहिलो चरणमा सातै प्रदेशमा ५ दिने भर्चुअल तालिम दिईएकोले अहिले केन्द्रले ५ दिने रोष्टर तालिम दिएको जानकारी गर्नुभयो । तालिमको उद्धाटन कार्यक्रममा दुईसय ५० बढि शिक्षकहरु सहभागि भएका छन् । भने उद्धाटनमा शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापा, खुला विश्व विद्यालयलयका उपकुलपति लेखनाथ शर्मा सहित शिक्षा विज्ञहरुले शुभकामना दिएका छन् ।

प्रतिकृया दिनुहोस्