OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १, २०७७सुर्खेत
६४३ पटक

सुर्खेत, १ जेठ २०७७ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपाल सरकारले जारी गरेको लकडाउन उलङ्घन गर्ने नागरिक तथा सवारी साधन दुवैलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

गत चैत्र ११ देखि बैशाख ३१ गतेसम्म लकडाउन उलङ्घन गर्ने दुई हजार २८२ नागरिक र ६५१ सवारी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका मध्य ४०२ सवारी साधन ट्राफिक कारवाही गरेर छोडिएको २४९ प्रहरी नियन्त्रणमै रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिईएका सवारीहरुमा ५४६ मोटरसाइकल, ८१ चारपाङ्ग्रे र २४ अटो रहेको सूचना अधिकारी रायमाझीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले नागरिकहरुलाई कारवाही स्वरुप तीन घण्टासम्म सडकमै उभ्याउने, चोकमा राखेर कोरोना भाईरस र त्यसको विश्वव्यापी प्रकोपबारे जानकारी दिलाउनेसहित आत्मानुशित नागरिक हुन सिकाएको थियो । आजबाट पनि लकडाउन कडाई गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्