OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ३, २०८०
३३२ पटक

३ मंसिर २०८० शनिबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय स्वयंसेवक खटाउने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकका क्रममा शनिबार उक्त निर्णय गरिएको हो । अभियानअन्तरगत यस अघि बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रमा दुई हजार एक सय स्वयंसेवक खटाउने निर्णयलाई संशोधन गरी शनिबारको बैठकले एक हजार थप गर्ने निर्णय गरेको केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो ।

“प्रभावित क्षेत्रमा खटिने स्वयंसेवहरुले भूकम्पपीडितहरुको अस्थायी आवास तथा पुनःर्निर्माण कार्यमा सहयोग गर्नुपर्नेछ,” उहाँले भन्नुभयो, “यसका लागि प्रभावित जिल्लाहरुबाट दुई हजार एक सय र बाँकी अन्य जिल्लाहरुबाट एक हजार स्वयंसेवक परिचालन हुनेछन् । सम्बन्धित जिल्ला ईञ्चार्जहरुको निर्देशनमा नेतृत्वसहितको स्वयंसेवक टोली खटाइने अध्यक्ष केसीले बताउनुभयो ।

भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम, सल्यानलगायतका जिल्लाका एक सय पाँच वडा प्रभावित भएको बताउँदै उहाँले प्रत्येक वडामा २१ जनाको टोली सक्रिय रहने जनाउनुभयो । अध्यक्ष केसीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक टोली यही मंसिर ७÷८ गतेबाट परिचालन गरिनेछ ।

गत कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट, रुकुमपश्चिम र सल्यान लगायतका जिल्ला गरी ६५ हजार भन्दा बढी घरधुरीमा क्षति पुर्याएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार उक्त भूकम्पका कारण घर भत्कँदा जाजरकोटमा एक सय पाँच जनाको ज्यान गएको थियो । एक सय १२ भन्दा बढी घाईते भए । यता रुकुमपश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाईते भएका थिए ।

प्रतिकृया दिनुहोस्