OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३१, २०७७ सु्र्खेत
२६५ पटक

सु्र्खेत, ३१ बैशाख २०७७ नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको समन्वयमा यस जिल्लामा कार्यरत ४३ जना पत्रकारको नोजल स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुको पेशागत जोखिमतालाई ध्यानमा राखेर मन्त्रालयले यहाँका पत्रकारहरुको पनि स्वाब संकलन गरेको हो । केही प्रदेशमा पत्रकारलाई पनि कोरोना संक्रमण देखिएपछि सामाजिक विकास मन्त्रालय मातहतको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वाब संकलन गरेका छ। कर्णाली प्रदेशसँग सिधा सम्पर्क जोडिएको बाँके नेपालगञ्जमा कोरोनाको संक्रमण पुष्टि भईसकेको र त्यसको जोखिम यहाँ पनि हुन सक्ने अवस्थालाई मध्यनजर गरेर पत्रकारहरुको स्वाब संकलन गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

रिपोर्टिङमा खटिने पत्रकारहरुकालाई बढी जोखिम हुने भएकोले कोरोनाको संक्रमणबाट बच्नका लागि गरिएको यो परीक्षण सान्दर्भिक रहेको पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले टिप्पणी गर्नुभयो । यता महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले सरकारले सबै पत्रकारको नमूना संकलन गरेर राम्रो काम गरेको प्रतिक्रिया दिनुभयो । ‘कोरोना संक्रमणबाट सबैले जोगिनु आवश्यक रहेको जनाउँदै अध्यक्ष भारतीले अहोरात्र खटेर काम गर्ने पत्रकारको नमूना संकलनले आगामी दिनको वास्तविक अवस्थालाई प्रष्ट्याउने बताउनुभयो । ’

पत्रकारहरुको नमूना संकलन गरिएको स्थानमामा पुग्नुभएका सामाजिक विकासमन्त्री दल रावलले कोरोना विरुद्धको लडाईमा कर्णालीका पत्रकारको अथाह सहयोग भएको बताउनुभयो । उहाँले पत्रकारमा कोरोना भए नभएको जानकारी लिन दश वटै जिल्लामा जाँच गरिएको जनाउनुभयो । मूलत : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका रहेको मन्त्री रावलले प्रशंसा गर्नुभयो । यता स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले बिहीबार दिउसोसम्ममा सबै पत्रकारको रिपोर्ट आउने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्