OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाही बैशाख ३१, २०७७जुम्ला,
८४६ पटक

वैशाख ३१ गते । लामो समय पछि कर्णाली अञ्चल आयूर्वेद अस्पताल तथा हालको आयूवेर्द अस्पताल शाखा जुम्लाले डाक्टर पाएको छ । तीन बर्ष पहिले देखी डाक्टर नहुदा काममा प्रभाव परेको आयूर्वेद अस्पतालमा अव सहज हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले आयूवेर्द चिकित्सकको रुपमा डा. प्रतिभा शर्मालाई अहिले जुम्लामा खटाएको हो । डा. शर्मा जुम्ला आएर काम शुरु गर्नु भएको छ । तीन बर्ष देखी डाक्टर विहिन अस्पतालमा शर्मा आएपछि कार्यालयको काम प्रभावकारी गर्ने योजना अघि सार्नु भएको छ । तीन बर्ष पछि प्रदेश सरकारले हामीलाई खटायो लकडाउनको समयभित्रै आफु आएपछि अस्पतालको सवै अवस्था बुझेर काम थालिएको बताउनुभयो । त्यहाँको नियमित काम सँगै थप स्तरबृद्धि र आयूर्वेद उपचारमा नागरिकलाई आर्कर्षित गर्नुपर्ने, भौतिक पूर्वाधार देखी सरोकारवालाहरु सँगको वैठक आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।
मानिसको जीवन रक्षाका लागि आयूर्वेद उपचार पद्धति पनि प्रभावकारी भएकाले मानिसहरुलाई यसको शिक्षा समेत दिन आवश्यक रहेको बताउनुभयो । यसका साथै अहिले अमलपित्त, मधुमेह, रक्तअल्पक्ता, स्त्री रोग सम्वन्धीका रोगहरु सेतोपानी बग्ने, महिनावारी गडवडि र पाठ्यघर सम्बन्धी पनि सेवाहरु दिने काम भईरहेको उहाँले जानकारी दिनुभयो ।
तत्कालिन कर्णाली अञ्चल आयूर्वेद औषधालय संघीय संरचना पछि कर्णाली प्रदेशको शाखा अस्पतालकोे रुपमा परिवर्तन भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहरागाउँमा रहेको सो कार्यालयमा अहिले एक जना आयूवेर्द चिकित्सक १ जना, कबिराज १ जना, वैद्य १ जना सहित ६ जना कर्मचारी रहेका छन् । तीन बर्ष सम्म नेपाल सरकारले डाक्टर खटाउन सकेको थिएन अहिले प्रदेश सरकारले डाक्टर पठाएको छ । हामी सेवामा खटिरहेका छौ, तपाईहरु आयूर्वेद सेवा लिन आउनुहोस उहाँले भन्नुभयो ।
आयूर्वेद अस्पताल जुम्ला सञ्चालक समितिका अध्यक्ष मनोज बुढाथोकीमगरले प्रदेश सरकारले डाक्टर सहितको जनशक्ति पठाएकोमा विशेष धन्यवाद दिनुभयो । अव गुणस्तरीय सेवा प्रवाह गर्न, भौतिक संरचना देखी थुप्रै परिवर्तन गर्न आवश्यक रहेको उहाँले थप्नुभयो ।
अस्पताल मृत्यू अवस्थामा पुगिसकेको थियो । अव जोगाउन पहल गरेका छौ । सरकारले विशेष प्रथामिकता दिनुपर्छ उहाँले थप्नुभयो । उहाँका अनुसार आयूर्वेद प्राविधिक विषय भएकाले आयूर्वेदलाई छुट्टै निकायको रुपमा स्थापना गर्न आवश्यक रहेको छ । अव दरवन्दी प्राप्त भएपछि काम गर्न सजिलो भएको छ । पहिले साे अस्पताल हाल जनस्वास्थ्य कार्यालय सँग मर्च गरेर काम भईरहेकाे छ ।

प्रतिकृया दिनुहोस्