OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी कार्तिक १, २०८०जुम्ला,
२६१ पटक

कात्तिक १ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्ला तोडफोड गरिएको छ । महासंघमा तालावन्दी गर्न आएका केही व्यक्तिले महासंघको झ्याल तोडफोड तथा कर्मचारी देवि प्रसाद सिम्खाडालाई धकलपकल गरेर दुव्यवहार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार ताला लगाउन गएका कालिबहादुर परियारले महासंघ तोडफोड गरेका हुन । घटनाको बिषयमा पत्रकार महासंघ जुम्लाले एक विज्ञेप्ति निकाली भत्र्सना गरेको छ ।
महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले जारी गर्नु भएको विज्ञप्तिमा तालावन्दी गर्ने निहुँमा महासंघ तोडफोड गर्नेलाई कारवाही गर्न माग गरिएको छ ।

महासंघको विज्ञेप्तिमा उल्लेख छ, तालावन्दी गर्ने निहुँमा रेडियो कर्णाली एफ एम जुम्लाका नौरते नेपाली, जुम्ला वहुमुखी क्याम्पसमा शिक्षण सहायक सरहमा कार्यरत व्यवस्थापन संकायका शिक्षक महेश नेपाली, वोडिङ्ग स्कुलमा कार्यरत शिक्षक अमरनाथ योगीको निर्देशनमा कर्णाली एफएममा कार्यरत कालिवहादुर परियारले हथौडा सहित प्रयोग गरि प्रहरीकै अगाडि महासंघको झ्याल तोडफोड गरिएको र महासंघका कर्मचारी देवीप्रसाद सिम्खाडालाई धकलपकल गरि वाहिर पठाई दुव्यवहार गरिएको विषयको घोरभत्सर्ना गरिएको छ ।

सो तोडफोड र दुव्यवहार गरिएको बिषयमा महासंघ जुम्ला शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । सदस्यताको निहुँमा भौतिक आक्रमण गर्ने र साम्प्रदायिक घटना निम्त्याउन प्रयास गर्ने जो सुकैलाई पनि छिटो भन्दा छिटो कारवाही गर्न माग गरिएको छ । महासंघको विज्ञेप्तिमा उल्लेख छ, नेपाल पत्रकार महासंघ शाखा जुम्लाको नयाँ सदस्यता र नविकरणका विषयमा २०८० साल जेठ २५ गते नै अघिल्लो पटकको १०३ जनालाई शुद्धिकरण गरेर ३४ जना नविकरण र ८ जना नयाँ सदस्यता गरि ४२ जनाको नयाँ सदस्यको नाम जिल्लाको सर्वसम्मत वैठकले सिफारिस गरेको छ र जिल्ला शाखा सोही निर्णयमा अडान भएको र त्यो भन्दा माथी प्रदेश र केन्द्रको निर्णयमा जिल्ला शाखाको जिम्मेवारी नभएको प्रष्टाएको छ । महासंघका विज्ञेप्तिमा कुनै पनि समस्या वार्ता सम्वादबाट आफ्नो अधिकारमा रहि टुङ्ग्याउने विषय हो ।

यसको अवसरनै नदिई महासंघका अध्यक्ष सहितको नेतृत्वलाई आक्रमण गर्ने शैलिमा गरिएको घटना निन्दनीयछ बताएको छ । यता महासंघले भएका समस्या वार्ताबाट सामाधान गर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

क्याप्सन : पत्रकार महासंघको झ्याल तोड फोड गरिएको तस्बिर :  अमृत बुढाथोकी 

 

प्रतिकृया दिनुहोस्