OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३१, २०७७ सुर्खेत
७४१ पटक

सुर्खेत, ३१ बैशाख २०७७ । भारतले नेपाली भूमि मिचेर बाटो बनाएको क्षेत्र लिपुलेक नजिकै नेपालले सुरक्षा पोस्ट खडा गर्न शुरु गरेको छ । त्यसका लागि नेपाली सेनाको हेलिकप्टरमा गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा सशस्त्र प्रहरीका एआइजी नारायणबाबुसहितको टोली अहिले विहान दार्चुलाको खलंगा गएको छ ।

खलंगाबाट सो हेलिकप्टरमा सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा २५ सुरक्षाकर्मीसहितको टोली लिपुलेक नजिकैको छाङ्गरु जाने छ । त्यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० खडा गरिने जनाइएको छ । भारतले धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म जाने बाटो बनाउने क्रममा नेपाली भूमि लिपुलेक–कालापानीको प्रयोग गरेको छ । वैशाख २६ गते भारतले ७९ किलोमिटरको बाटो उद्घाटन गरेपछि यतिबेला नेपालमा विरोध भइरहेको छ ।

सरकारले विरोध चर्किएपछि सो क्षेत्रमा सुरक्षा पोस्ट खडा गर्ने निर्णय गरेको थियो । सोही अनुसार बिओपी खडा गर्नका लागि गृहमन्त्रीका सल्लाहकार तथा सशस्त्र प्रहरी बलका एआइजी सुरक्षाकर्मीको टोली लिएर छाङ्गरु जाने जानुभएको हो । पहिलो चरणमा दार्चुलाको खलंगा पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने कार्यक्रम रहेको गृहमन्त्री रामबहादुर थापा ९बादल०का प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्