OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख ३१, २०७७जुम्ला
१६८७ पटक

खलङ्गा वैशाख ३१ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जम्लाले सवै स्थानीय तहमा डाक्टरको नेतृत्वमा टोली खटाएर संकलन गरेको ८४९ जनाकै रिपोट नेगेटिभ आएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख बिकेक पुन मगरले सवैको एकै दिनमा पिसिआर मेशिनबाट परिक्षण गर्दा सवै नेगेटिभ आएको जानकारी दिनुभएको छ ।
यसैगरी ८४९ जनाको एकै दिन परीक्षण गर्न सम्भब भयौ, उहाँले थप्नुभयो । मंगलवार विहान ८ बजेबाट शुरु गरिएको परीक्षण रातभर काम गरेर सकिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रतिष्ठानले हिजो विहान ८ बजे देखी शुरु गरेको परीक्षण मध्यरात सकेको छ । यति परिणाममा नेपालमै संकलन गरेर जाँच भएको जिल्ला जुम्ला पहिलो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतलाले दावी समेत गरेको छ ।
एक हजार दुईसय ६३ जनाको परीक्षण ः
यस अघि चार सय १४ जनाको पनि पिसिआर रिपोर्ट जाँच गरेर नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । नेपाल सरकारले भारत र तेस्रो मुलुकबाट आएका मुलुकबाट आएका तीन सय २४ जनाको हेलिकोप्टर मार्फत स्वाब संकलन गरेर काठमाण्डौ पठाई पिसिआर जाँच गरिएको थियो । यसैगरी ९० जनाको जुम्ला, सुर्खेतमा पिसिआर जाँच गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसैले पछिल्लो समय एकैपटक स्वाब संकलन गरि पिसिआर मेशिनबाट परीक्षण गरिएका आठ सय ४९ को रिपोर्ट नेगेटिभ आएपछि पिसिआरबाट परीक्षण गरिएका व्यक्तिहरुको संख्या एक हजार दुईसय ६३ जना पुगेका हुन । यसअघि आरडिटी परीक्षण पनि तिब्र पारिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा दुईसय ६१ ज्नाको आरडिटि परीक्षण गरिएको हो । अव कर्णाली सुरक्षित गर्ने अभियानमा थप लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्