OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ११, २०८० सुर्खेत
१६९ पटक

 ११ जेठ २०८०, बिहीबार

करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचनाहरु जीर्ण बन्दै गएपछि कर्णाली प्राविधिक शिक्षालय जुम्ला यतिबेला ठूलो समस्या झेलिरहेको छ । प्राविधिक जनशक्ति उत्पादनको हब मानिदै आएको उक्त शिक्षालयमा न विद्यार्थी संख्या अनुसार भवन छ न भएका संरचनाहरु भरपर्दोका अवस्थाका छन् ।

विसं.२०३७ सालमा युनाईटेड मिसन टु नेपाल र नेपाल सरकारको साझेदारीमा निर्मित भवनहरु बनेको ४४ वर्ष पुगेको छ । उक्त भवनहरु लामो समयदेखि मर्मत संभार हुन नसक्दा जीर्ण बनेको र त्यसले त्यहाँ बस्ने शिक्षक तथा विद्यार्थीहरुमा ठूलो जोखिममा रहेका छन् । शिक्षालयको शैक्षिक तथा भौतिक संरचना सम्बन्धी आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तरिक्रिया कार्यक्रममा शिक्षालय प्रमुख टेकेन्द्र थापाले त्यहाँको वस्तुगत अवस्थाको प्रस्तुति राख्नुभयो ।

उहाँले स्थापनाको ४४ वर्षसम्म मुलुकलाई करिब सात हजार प्राविधिक जनशक्ति दिने काम गरेको शिक्षालयले कृषि, वन, निर्माण तथा स्वास्थ्य संकायमा अध्ययन अध्यापन गरिरहेको जनाउनुभयो । नर्सिङ पढाउन आफ्नै अस्पताल हुनुपर्ने शिक्षा नीतिले शिक्षालयमा नर्सिङ अध्ययन अध्यापन हुन नसकेको उहाँको गुनासो थियो ।

शिक्षालयको छ सय ५१ रोपनी जमीनमा ५८ भवनमा ६ वटा निर्माण भएको र बाँकी ५२ भवन अँझै जीर्ण भएकोमा प्राविधिक लागत अनुमान अनुसार आवासीय तथा शैक्षिक भवन निर्माणका गर्न करिब रु.१५ करोड लाग्ने उहाँले बताउनुभयो । आगामी आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भने रु.पाँच करोड बजेट प्रस्ताव गरिएको शिक्षालय प्रमुख थापाको भनाई थियो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्राविधिक जनशक्ति उत्पादनको केन्द्र कर्णाली प्राविधिक शिक्षालयको शैक्षिक तथा भौतिक संरचना निर्माणमा प्राथमिकताका साथ सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गरिखाने शिक्षामा नै जोड दिँदै आएको छ । प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुर्याउने शिक्षालयको विकासमा सरकारको विशेष जोड हुन्छ ।”

सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षालयको शैक्षिक विकासमा प्रदेश सरकारको आवश्यक सहयोग रहने जनाउनुभयो । मन्त्री पोखरेलले दूरदराजमा स्थापित शिक्षालयलाई प्राविधिक जनशक्ति उत्पादनको केन्द्रमा रुपान्तरण गरी स्वरोजगार बढाउनतर्फ जोडदिइने बताउनुभयो ।

अन्तरिक्रयामा सहभागी कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही, विन्दमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर हमाल, जीतबहादुर मल्ल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटालगायतले विपद्को उच्च जोखिममा रहेको शिक्षालयसहित कर्णालीमा निर्माण हुने संरचना भूकम्प प्रतिरोधात्मक निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्