वैशाख २८ गते । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम अभियान अन्तरगत खोजेर जाँच्ने कामलाई तिब्रता दिएको छ ।
सरकारले पछिल्लो समयमा वाहिरबाट आएकाबाट जोखिम बढ्न सक्ने भन्दै स्वाव संकलनलाई तिब्रता दिने बिषयमा प्रथामिकता दिने भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही , सामाजिक विकासमन्त्री दल रावल सहितको टोली जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन सहित जिल्ला जिल्लामा खटाउने काम शुरु गरेको छ ।
कर्णाली प्रतिष्ठानले जुम्लामा आयोजना गरेको अन्तरक्रियामा जुम्ला पुग्नु भएका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न उत्प्रेणा दिदै सरकारको तयारी बिषयमा जानकारी गर्नुभएको हो उहाँका अनुसार कर्णालीका सात सय १८ वडाका दश दश जनलाई नमूनाका रुपमा जाँच गर्ने अभियानका साथ अभियान तिब्र पारिएको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई पहिला आफु सुरक्षित भएर मात्रै काम गर्नुहोस, साहसका साथ काम गर्नुहोस प्रदेश सरकारले कुनैवेला तपाईहरुको बहादुरीको कदर गर्ने प्रतिवद्धता गरेपछि स्वास्थ्यकर्मीले तालिले स्वागत गरेका छन् । उहाँले रु ७५ लाख रुपैया कर्णाली प्रतिष्ठानलाई थपिएको जानकारी दिनुभयो । यस अघि रु एक करोड प्रदेश सरकारले प्रतिष्ठानलाई उपलब्ध गरिसकेको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशका २७ स्थानमा चिकित्सक सहितको टोली खटाएर स्वाब संकलन गर्ने र साविक कर्णालीको कर्णाली प्रतिष्ठानमा र अन्य जिल्लाको प्रदेश र रुकुम अस्पतालमा जाँच गरिने जानकारी दिनुभयो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले सरकारले दिएको जिम्मेवारी अहिले संकटको वेला प्रतिष्ठानले डटेर गरिरहेको, डाक्टर र एमडिजिपी पढाई भएमा कर्णाली मात्रै नभई मुलुकलाईनै सेवा दिने जनशक्ति प्रतिष्ठानले दिन सक्ने बताउनुभयो । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले हाल सम्म प्रतिष्ठानले कोभिड १९ ( कोरोना भाईरस ) रोकथामका लागि गरिरहेका कामको बिषयमा जानकारी गर्नुभएको थियो ।
प्रतिष्ठानले खटायो चिकित्सक ः
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक टोली सहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ । हुम्लामा आजै ८ जना हुम्लाको सर्केघाट, ताजाकोट, अदानचुलीमा ८ जनाको टोली हेलिकोप्टर मार्फत पठाएको छ । यसैगरी जुम्लाका सवै स्थानीय तहमा डांकटर सहितको टोली खटाउनुका साथै मुगुमा पनि हेलिकोप्टर मार्फत टोली खटाएको छ । जुम्लाबाट चिकित्सकको टोली सँगै सामाजिक विकास मन्त्री दल रावल हुम्ला पुग्नु भएको छ ।
यसैगरी मुख्यमन्त्री शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिसिआर प्रयोगशाला, आईसियू कक्ष र आईसोलेसन वेडहरु सहित पूर्वाधारको अनुगमन पनि गर्नुभएको छ ।
नेत्र शाही बैशाख २८, २०७७जुम्ला,
६८४ पटक
- विश्वास र मान्यतालाई आजको ज्ञान–विज्ञानसँग जोड्न आग्रह
- जुम्लामा पनि पृथ्वी जयन्ति मनाईयो
- जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री नियुक्त
- कर्णाली समृद्धिको आधार पर्यटनः मन्त्री अधिकारी
- प्यालेष्टाईन माथीको आक्रमण रोक्न जुम्लामा हस्ताक्षर
- तिलामा सड्क अतिक्रमण हटाउन नागरिकको पहल
- प्रेस सेन्टर सुर्खेतको अध्यक्षमा विश्वकर्मा चयन
- आगलागी हुन नदिन जनचेतनामुलक नमुना प्रदर्शन
- दलित सशक्तिकरण विधेयक अगाडि बढाउने सहमति
- यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ निर्णय