सुर्खेत, २८ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाउने काम गरेको छ ।
नोबेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभाकारी बनाउन प्रदेश सरकारले आज प्रदेशअन्तरगत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली पठाएको हो । प्रदेश सरकारले शनिबार डोल्पा र आज हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो । उनीहरुलाई एक महिनाका लागि पठाएको बताईएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको टोली लिएर हुम्ला गएको बताउनुभयो । “डोल्पामा शनिबार चिकित्सकको टोली पठाईसकेका छौ,” मन्त्री रावलले भन्नुभयो, “मुगुमा भोलि पठाउने तयारी गरिरहेका छौं ।” अन्य जिल्लामा भने आजै स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली पठाइएको मन्त्री रावलले जनाउनुभयो । सरकारले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पतालका चिकित्सकहरुको टोलीलाई २७ स्थानमा खटाएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रिता भण्डारी (जोशी) सहितको टोलीले आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर त्यहाँको जनशक्ति, सेवा प्रवाह, पिसिआर मेसिन, भेन्टिलेटर, आईसियु र आइसोलेसन कक्षासहित सिंगो भौतिक संरचनाको अनुगमन गरेको गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
“मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको टोलीले प्रतिष्ठानका पदाधिकारी र जुम्लाका आठ वटै स्थानीय तहका प्रमुखहरुसँग बसेर कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, उपचार तथा राहत कार्यक्रमका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ,” रजिष्ट्रार काफ्लेले भन्नुभयो, “त्यसमा मुख्यमन्त्री शाहीले कर्णालीलाई कोरोनामुक्त बनाउन स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिनुभएको छ ।”
उहाँका अनुसार प्रदेश सरकारले तोकेको २७ स्थानका साथै यहाँका ७१८ वडामा डाक्टर टोली खटाउने, प्रत्येक वडाका १० जनाको स्वाब लिएर नमूना परीक्षण गर्ने, कोरोना नदेखिएको ठाउँमा खुकुलो गरेर सबै खाले गतिविधि सञ्चालन गर्ने र देखिएको स्थानलाई सिल गर्ने जनाईएको छ । यद्यपि यो प्रदेशमा बाहिरबाट आउन नदिन बन्दाबन्दीलाई कायम राख्ने प्रदेश सरकारले बताएको छ । मुख्यमन्त्री शाही, मन्त्री रावलसहितको प्रदेश सरकारको टोली आजै सुर्खेत फर्कने जनाईएको छ ।
कोरपाटी संवाददाताबैशाख २८, २०७७सुर्खेत
१४३३ पटक
- जुम्ली फुटबल खेलाडीलाई मार्सी ब्वाईज फुटसल टोलीको स्वागत
- दुर्गममा हवाई सेवा दिने कम्पनीलाई प्रदेश सरकारको पूर्ण सहयोग हुन्छः मन्त्री अधिकारी
- जुम्ला पत्रकार महासंघको दोस्रो बैठकको निर्णयः विधान विपरीत महेश नेपालीलाई सल्लाहकार नियुक्त
- प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन
- नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा शर्मा विजयी
- नलगाडमा माओवादीका लामिछाने उपमेयरमा विजयी : जनयुद्ध, पत्रकारिता हुँदै नलगाडको उपमेयर
- सांसद लामाको सहयोग भएपछि भारतमा अलपत्र जुम्लावासी घर फर्किदै
- यस्तो छ, प्रेस सेन्टर नेपालको इतिहास
- अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक हेयको दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल
- दैलेखको दुल्लु १३ मा एमालेका शाही विजयी