OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २, २०८०जुम्ला,
२८४ पटक

वैशाख २ गते । जुम्लाको गुमनाम सवैभन्दा ठूलो ताल गिडिदहको पर्यटकीय प्रवर्धनका लागि समिक्षा गरिएको छ ।
गत असोज ४ देखी ७ सम्म गिडिदह सम्मेलनमा तातोपानी गाउँपालिकाको टोली तथा नेपाल पत्रकार महासंघ जुम्ला सहित पत्रकारहरुको टोली त्यहाँ पुगेर फर्किएपछि त्यहाँको पर्यटकीय पूर्वाधारको बिषयमा समिक्षा गरिएको छ ।

तातोपानी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा गिडिदहको विकासका लागि वडा कार्यालयमा सुझाव संकलन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाध्यक्ष अमरबहादुर रोकायाले गिडिदहको अवस्थाको बिषयमा गत असोजमा गरिएको सम्मेलनको आधारमा प्रगति प्रतिवेदन तथा भिडियो बृत्तचित्र प्रस्तुत गर्नु भएको थियो । वडाध्यक्ष रोकायाले गिडिदह सम्मेलन पछि तालको बिषयमा राष्ट्रिय मिडियामा प्रचारमा आएको र वैशाख वा जेठमा राष्ट्रिय ताल संरक्षण विकास समितिको टोली तालको मापन गर्न जुम्ला आउनेमा बताउनुभयो ।

सूझाव संकलन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेशसभा सांसद देवेन्द्रबहादुर शाहीले गिडिदह सहित जुम्लाका पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगको प्रतिवद्धता जनाउनुभयो । उहाँले आफु साझा व्यक्ति भएकाले साझा काममा जिल्लाको विकासमा वडा तहबाट आएका काम तथा योजनालाई प्रथामिकता दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले गिडि दह सहित जुम्लाका पर्यटकीय केन्द्र तथा अन्य विकासको लागि स्थानीय सरकार, प्रदेश र केन्द्रले के के काम गर्न सक्छ भन्ने बिषयमा छुट्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले तातोपानी गाउँपालिकाको पर्यटकीय सम्भावनाको प्रथामिकता तातोपानी धारा र गिडिदह भएकाले पालिका सोही अनुसार अगाडि बढेकोमा जोड दिनुभयो । उहाँले गत असोजमा गिडिदह सम्मेलनको क्रममा निकै जोखिम मलेर त्यहाँ पुगेको गाउँपालिकाको टिम, पत्रकार महासंघ सहितको टिमलाई फेरी पनि धन्यवाद दिनुभयो । गाउँपालिका उपाध्यक्ष रेवति रावलले गडिदहमा महिला जानु हुदैन भन्ने पुरानो सोचको पनि अन्त्य भएको बताउदै आफुहरु ३ जना महिला सो टिम सँग त्यस क्षेत्रमा पुगेको बताउनुभयो । सो यात्रामा उपाध्यक्ष रावल सहित पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाही तथा स्थानीय नारायणी चौलागाई गिडिदहमा पुग्नु भएको थियो । उहाँले गिडिदह यात्राले त्यहाँको पर्यटकीय विकास कसरी हुन्छ भन्ने भौगोलिक जानकारी भएको भन्दै यसको विकासका लागि जिल्लाले प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गैरेले गिडि दहको भिडियो डकुमेन्टमा कसरी जान सकिन्छ, रुट र साधान के प्रयोग र कहाँ कसरी गर्ने भन्ने बिषयमा आउनेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रमा आथित्यता महत्वपूर्ण भएकाले ध्यान दिनुपर्ने, गिडिदहलाई कस्तो पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भन्ने बिषयमा जोड दिनुपर्ने बताउनुभयो ।

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले गाउँपालिकाको रु १० लाख र ताल संरक्षण विकास समितिको रु ५ लाखले चाडै गिडिदहको पहिचान गर्ने बिषयमा काम अगाडि बढ्ने बताउनुभयो । उहाँले रु सात लाखमा त्यहाँको बातावरणीय मुल्यांकन प्रभाव गर्ने काम पनि अगाडि बढ्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गिडिदह सम्मेलन र यात्रा ऐतिहासिक यात्रा स्मरण गर्दै जुम्लाको पत्रकारिता क्षेत्रले गिडिदहको समाचार पहिलो पटक स्थलगत रिपोटिङ गरेर ल्याएको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघले जिल्लाका सार्वजनिक सवालका बिषयमा जोड दिदै आएकाले गिडिदह, तातोपानी सहित सिंजा सभ्यता, कर्णाली राजमार्ग सहित जिल्लाका सार्वजनिक महत्वका सवालमा कालिकोटमा सम्पन्न नेपाल पत्रकार महासंघको साधारसभाको सम्मेलनको घोषणापत्रमा समेत समेटिएको बताउनुभयो । उहाँले गिडिदहको भिडियो र प्रतिवेदनमा छुटेका बिषय समेटिनुपर्नेमा जोड दिनुभयो ।
वन डिभिजन कार्यालयका प्रमुख दिनेशजंग खत्रीले गिडि दह र सो क्षेत्रका पाटनको संरक्षणको विषयमा अत्यान्तै ध्यान दिएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले रामसार सूचीमा राख्ने वा कुन बिषयमा अगाडि बढाउने भन्ने बिषयमा ध्यान दिन जोड दिनुभयो । नेकपा एमालेका प्रदेश कमिटिका सदस्य आदीप्रसाद न्यौपानेले गिडिदहको विकासका लागि नितिगत बिषयमा जोड दिन सुझाव दिनुभयो । उहाँले भिडियो डकुमेन्ट्रीमा आउनुपर्ने बिषय छुटेकाले त्यसमा जोड दिन अनुरोध गर्नुभयो । नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद पाण्डेले आफैमा महत्व वोकेको गिडिदहको पूर्वाधारको विषयमा जिल्ला र राज्यकै सरोकारको बिषय बनाईनुपर्ने जोड दिनुभयो । उहाँले गिडिदह सम्मेलनपछिको यात्राले एउटा काम भएकोमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर खत्रीले गिडिदह जस्ता सम्भावनाका क्षेत्रलाई बजेटको हिसावमा प्रथामिकता दिन जोड दिनुभयो । उहाँले हाँकु पक्कि पुल चाडै निर्माणमा सघाउन अनुरोध गर्नुभयो । सूझाव संकलनमा सुरक्षा निकायका प्रमुखहरु, स्थानीय, राजनैतिकदल, पत्रकारले सुझाव दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस्