OnlinePana

आज : २०८० मंसिर १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २६, २०७७सुर्खेत
३७२ पटक

सुर्खेत, २६ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईमा चिकित्सकहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आज कर्णाली प्रदेश अस्पताल सुर्खेतको अवस्था बुझ्न त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले चिकित्सकहरुसँग अन्तरक्रिया गर्दै उनीहरुको भूमिकाबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने बताउनुभयो । “विश्व महामारीका रुपमा फैलिएको यो प्रकोपविरुद्धको लडाईमा तपाईको भूमिका अग्रभागमा छ,” उहाँले भन्नुभयो, “उच्च मनोबलका साथ काम गर्नुस् । प्रदेश सरकार यहाँहरुको साथमा छ ।”
प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत आम नागरिकको उच्च सावधानी सहितको भूमिकाले कर्णाली प्रदेशमा कोरोना भाईरसका विरुद्धको लडाईमा हालसम्म जीत हाँसिल भईरहेको जनाउँदै मुख्यमन्त्री शाहीले आगामी चुनौति सामनाका लागि उच्च मनोबल बनाएर काम गर्न चिकित्सकहरुलाई निर्देशन दिनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “कोरोनाले निम्त्याएको संकट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली गाउँ गाउँमा पठाउने निर्णय गरेको छ । तपाईहरुले हरेक वडामा पुगेर कोरोना भाईरसबारे सचेतना जगाउनुको साथै विभिन्न ठाउबाट भित्रिएका नागरिकहरुको प्रतिनिधित्व हुनेगरी स्वाब संकलन गरेर कोरोना परीक्षणमा तीव्रता दिनुपर्छ । ”
चिकित्सहरुको जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री शाहीले उनीहरुको लागि प्रदेश सरकार गम्भीर रहेकोले चिकित्सकहरुलाई निराश हुन नदिन व्यक्तिगत सुरक्षा सामाग्री र प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको विश्वास दिलाउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्ने नाकाहरुमा अझै पनि लकडाउन कडाई गर्ने र परीक्षण पश्चात कोरोना देखिएको क्षेत्रलाई सिल तथा नदेखिएको क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने योजना बनाएको छ ।

प्रतिकृया दिनुहोस्