OnlinePana

आज : २०८३ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २०, २०७९सुर्खेत
४८५ पटक

२० माघ २०७९, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने बताउनुभएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नविनतम् प्रविधि प्रर्दशनी मेलाको उद्घाटनको क्रममा सो कुरा बताउनुभएको हो । कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले मेलाको आयोजना गरेको थियो ।

मुख्यमन्त्री शर्माले उद्योगको विकाससँगै रोजगारी र स्वरोजगार बनाउने प्रदेश सरकारको लक्ष्यलाई साथ दिन उद्योग व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । उहाँको अनुसार औद्योगिक विकासका लागि विद्युतीकरणलाई तीव्र बनाउँदै भुरीगाउँ–हाताहाल्ना–कर्णाली करिडोर र भेरी करिडोरलाई मुख्य प्राथमिकतामा राखेर अन्य केही स्थानमा भूमिगत सडकहरुको विकास गरिनेछ ।

मेलामा साढे ३ स्टलहरु मार्फत लघु घरेलु तथा साना उद्यमीहरुले तयार गरेका ऊनी, लिउ, फेरुवा, गलैंचा, राडीपाखी, पश्मिनाका वस्तुहरु, अल्लो तथा गाँजाबाट बनेका कपडाहरु, ढाका, पोते, काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु, बास र बेतबाँसबाट तयार गरिएका वस्तुहरुको प्रर्दशनी मुख्य आकर्षण रहेका छन् ।

उक्त मेलामा पाँच लाख दर्शकबाट अवलोकन गर्ने मेला आयोजक समितिका संयोजक चन्द्रबहादुर विसीले जानकारी दिनुभयो । मेला तथा प्रर्दशनीबाट करिब रु.चार करोडको कारोवार हुने अपेक्षा राखिएको छ । राष्ट्रिय तथा स्थानीय कला संस्कृतिको प्रर्दशन गरिने मेला माघ २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्