OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ २०, २०७९ जुम्ला,
९३२ पटक

माघ २० गते । नेपाल एयरलाईन्सको नेपालगंजबाट जुम्ला सहित दुर्गममा उडान हुने जहाजमा अनलाईन ईटिकट प्रणाली शुरु भएको छ । नेपाल एयरलाईन्सले विहीवार देखी ईटिकट प्रणाली शुरु गरेको हो ।

नेपालगंजबाट उडान हुने जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाईन टिकट शुरु भएको नेपाल नागरिक उड्यनन प्राधिकरण नेपालगंजका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विहीवार देखी सो सेवा शुरु गरिएको र जिल्लाबाट फर्किदा पनि यो सेवा पहिलो पटक शुरु गरिएको जानकारी दिनुभयो ।

दुर्गममा जहाजको टिकट शक्ति र पावरको रुपमा मात्रै वितरण हुने तर सर्व साधारणलाई जहिलेपनि टिकट लिन सास्ति हुने भएकाले ईटिकट प्रणाली शुरु गरिएको हो । माघ १९ गतेबाट नेपाल एयरलाईन्सको कर्णालीका सवै जिल्लामा ईटिकट प्रणाली शुरु भएको छ ।
जुम्लाबाट प्रतिनिधत्व गर्ने सांसद छिरिङ ल्यामु लामा तामाङले सांसद पद लिएदेखी हवाई र यातायातका समस्या सामाधानमा सरकारको ढोका ढकढक्याउन थाल्नु भएको छ । उहाँले कर्णाली र जुम्लामा हवाई उडानको समस्या सामाधानका बिषयमा सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई माग पेश गर्दै आउनु भएको छ । सांसद लामाको निरन्तर पहल पछि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा अनलाईन ईटिकट प्रणाली शुरु गरेको हो ।

सांसद लामाले भन्नुभयो, सवैभन्दा कठिन जुम्ला सहित कर्णालीले भोग्नुपरेको बिषय जहाज र यातायातको पहिलो समस्या हो । जहाज नियमित नहुने, त्यहाँ जाने जहाजमा टिकट वितरणमा समस्या भएकाले नागरिकले सास्ति भोक्दै आएकाले आफु सांसद वनेदेखी निरन्तर पहलमा छु, उहाँले गत माघ ९ गते मन्त्री किरातीलाई जुम्लामा ईटिकट र विमानस्थल स्तरबृद्धिको लागि लिखित पत्र दिनु भएको थियो । उहाँले कर्णाली राजमार्गको समस्याका बिषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखेको बताउनु भएको छ ।

नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटमा नागरिकले सास्ति भोग्नु परेको अवस्थाले तत्काल ईटिकट लागु गरिएको भएको बताउनुभयो । मन्त्री किरातीले यो कामका लागि सांसद छिरिङ ल्यामु लामाको पहल महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
ईटिकट प्रणाली लागु भएपछि सजिलो हुने भन्दै स्थानीय खुशी भएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले यस कार्यले नागरिकलाई सजिलो हुने बताउनुहुन्छ । सांसद छिरिङले भने अन्य निजी जहाजमा पनि अनलाईन टिकट लागु गर्न तथा विमानस्थलको स्तरबृद्धि गर्न पहल भईरहेकोमा जोड दिनुभयो ।

नेपाल एयरलाईन्स जुम्लाका कर्मचारी डम्बर खत्रीले जुम्लामा पनि अनलाईन टिकट कार्यान्वयन भएको जानकारी दिनुभयो । ःउहाँका अनुसार हरेक हप्तामा सोमवार र मंगलवार नेपाल एयरलाईन्सको जहाँजको तालिका अनुसार पछिल्लो समय नियमति पनि भईरहेको छ । टिकट प्रणाली पारदर्शी नहुदा र उडान कम हुदा हरेक बर्ष जुम्लामा दशै तिहारको वेला झड्प भईरहन्छ ।

यस पटक सर्वसाधारणले टिकट नपाईएको गुनासो गरेपछि स्थानीय प्रशासनले लोकसेवा सहित परिक्षार्थीलाई प्रशासनमै नाम लेखाएर उडाउन वाध्य भएको थियो भने नागरिक समाजले नियन्त्रणमा लिएर जहाज र स्थानीय जनप्रतिनिधिको रोहवरमा नाम लेखाई एक हप्ताका टिकट वितरण गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्