

वैशाख २५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बुद्ध जयन्तिको अवसरमा दिपप्रज्वलन गरेर मनाएको छ । प्रतिष्ठानका पदाधिकारी, कर्मचारीहरुले मैनबत्तिबाटै कास ( कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ) आकार बनाएर शान्तिको प्रतिज्ञा गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तिको अवसरमा देशभर घर घरमै मैनबत्ति बालेर मनाउन गरेको निर्देशन अनुसार कर्णाली प्रदेशको सवैभन्दा ठूलो स्वास्थ्य केन्द्र प्रतिष्ठानले केन्द्रीय कार्यालय जुम्लामा मैनबत्ति बालेर शान्तिको कामना गरेको हो ।
प्रतिष्ठानले अहिले कोभिड १९ ( कोरोना) भाईरसले विश्वमा ज्यान गुमाउने मानिसहरुको सम्झनाको लागि एक मिनेट मौन धारणा समेत गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
दिपप्रज्वलन कार्यक्रममा वोल्दै प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले २५६४ औ बुद्ध जयन्तिको अवसरमा वोल्दै प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आवह्रान गरे अनुसार यो दिप प्रज्वलनबाट दिप प्रज्वलन गरिएको छ । यो वेला कोभिड १९ सँग लड्ने स्वास्थ्यकर्मी लगायत सम्पूर्णको योगदानको उच्च कदरको कामना गर्नुभयो ।
यसैगरी चन्दननाथ नगरपालिकाले पनि दिप प्रज्वलन गरेको छ । यता जिल्ला प्रशासन कार्यालयले समेत दिप प्रज्वलन गरेको छ । जिल्ला प्रशासनले आफ्नो सामाजिक सञ्जाल पेजमा दिप प्रज्वलन गरेको तस्बिर सार्वजनिक गरेको छ ।