OnlinePana

आज : २०८२ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २५, २०७७
५२० पटक

सुर्खेत, २५ बैशाख २०७७ ? कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले गौतम बुद्ध विश्व शान्तिका प्रतिमूर्ति भएको बताउनुभएको छ ।
बौद्ध धर्मका प्रणेता, गौतम बुद्धको २५६४औं जन्मजयन्तीको अवसरमा विश्वभर फैलिएर रहेका बौद्धमार्गी एवं समस्त शान्तिप्रेमी नेपालीमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले विश्व शान्तिका अग्रदूत बुद्धको मार्गदर्शनलाई सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज जारी सन्देशमार्फत उहाँले भन्नुभएको छ, “बैशाख शुक्ल पूर्णिमाको तिथिको दिन विश्वभर बौद्ध धर्मावलम्बीहरू र समस्त अहिंसाप्रेमी महानुभावद्वारा बुद्धको शान्ति उपदेशको स्मरणका साथै उहाँप्रति भावपूर्ण श्रद्धा र भक्तिसहित बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिनले हामी सबैलाई आपसी मेलमिलाप बढाउदै शान्ति कायम गरि प्रगतिपथमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु ।”
शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले विश्वव्यापी महामारीको रूपमा फैलिएको ‘कोभिड–१९’ को महामारीबाट चाडै नै मुक्ति पाउने अपेक्षा गरिएको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्